शनिबार, जेष्ठ २,२०८३ 11:20:49
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 11:20:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मन्जुश्री फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
मन्जुश्री फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडले ग्लोबल मनी विकको अवसरमा देशभरि विभिन्न ठाउँमा रहेका आफ्ना २८ शाखा कार्यालयहरुमार्फत करिब १ हजार भन्दा बढी युवा, विद्यार्थी तथा कर्मचारीमाझ वित्तीय चेतना अभिवृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

हरेक वर्ष मार्च महिनाको दोस्रो सातामा मनाइने ग्लोबल मनी विकमा फाइनान्सले चैत ४ देखि १० गतेसम्म साताव्यापी विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको हो। फाइनान्सले विभिन्न स्कुल तथा कलेजका विद्यार्थी, कर्मचारी,गृहिणी कृषक तथा आमजनमानसहरुको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरुबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ। 

Bizshala
New Office
CG Motors

अभियानअन्तर्गत फाइनान्सले बैंक तथा वित्तीय संस्थासंग कारोबार गर्दाका फाइदाहरु, डिजिटल बैंकिङ, क्यूआर, स्मार्ट बैंकिङ, पिन तथा पार्सवर्ड सुरक्षा, ओटिपी, रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोगसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ।

Garima Development Bank
Shivam Cement
IME remit

साथै,फाइनान्सले विभिन्न शाखा कार्यालयहरुमार्फत वित्तीय सचेतनामूलक अन्तरक्रिया कार्यक्रमका साथ–साथै प्रभातफेरीको आयोजना गरेको छ। संस्थाले नेपाल राष्ट्र बैंकद्वारा आयोजित प्रभातफेरीमा समेत आफ्ना शाखाहरुलाई सम्मिलित गराएको साथै सामाजिक सञ्जालबाट चेतनामूलक संदेश समेत प्रसारण गरेको छ।

फाइनान्सले बिगत १३ वर्षदेखि हरेक वर्षमा सबै शाखा कार्यालयहरुमार्फत वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.