बुधबार, माघ २३,२०८१ 01:35:31
IME remit
  • बुधबार, माघ २३,२०८१ 01:35:31
IME remit
Global IME Bank Limited

अमेरिकी बैंकिङ संकटः एनवाईसीबी बैंक नाजुक अवस्थामा, सेयरमूल्यमा ६०% को डरलाग्दो गिरावट

Hyundai Nepal
अमेरिकी बैंकिङ संकटः एनवाईसीबी बैंक नाजुक अवस्थामा, सेयरमूल्यमा ६०% को डरलाग्दो गिरावट
Nabil Bank Limited

काठमाण्डौ । संकटनोन्मुख अवस्थामा रहेको अमेरिकी बैंकिङ क्षेत्रको समस्या थप गहिरिने देखिएको छ । गत वर्ष अमेरिकी बैंकिङ क्षेत्रको संकट सिलिकन भ्याली बैंक,सिग्नेचर बैंक र फस्र्ट रिपब्लिक बैंकको सेयरमूल्यमार्फत प्रतिबिम्बीत भएको थियो ।  

अब अमेरिकाको न्यूयोर्क कम्युनिटी ब्यानकर्प(एनवाईसीबी)ले पनि यहि हविगत व्यहोर्ने आँकलन गर्न थालिएको छ । केहि सातादेखि बैंकको सेयरमूल्यमा ६० प्रतिशतको गिरावट आईसकेको छ ।  

मुडिज् इन्भेष्टर्स सर्भिसले बैंकको कर्जा क्रेडिट डाउनग्रेड गरेपछि बैंकमाथि थप दवाब उत्पन्न भएको छ । बिहिबार बैंकको सेयरमूल्यमा थप ८ प्रतिशतको गिरावट आएको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

निक्षेपकर्ताको विश्वास घट्यो भने बैंकको तरलता स्रोतहरुमा चुनौति थपिने भएकाले एनसीवाईबीको रेटिङ थप घट्न सक्छ’ । रेटिङ एजेन्सीले उल्लेख गरेको छ ।  

अन्तिम त्रैमासमा २५२ मिलियन डलर घाटा व्यहोरेको भन्दै बैंकले गत साता लाभांशमा भारी कटौति गर्ने घोषणा गरेको थियो , जसपश्चात बैंकको ओरालो यात्रा सुरु भएको थियो । सन् २०२२ को चौथो त्रैमासमा भने बैंकले १७२ मिलियन डलर नाफा कमाएको थियो ।  

यस्तै बैंकले व्यवसायिक रियल स्टेट कर्जामा ५५२ मिलियन डलर कर्जा घाटा व्यहोरेको जनाएको छ । मानिसहरुले घरबाटै काम गर्न वृद्धि गरेसँगै र कम्पनीले पनि कार्यालय घटाउँदै गएपछि अमेरिकाको रियल स्टेट क्षेत्रमा गिरावट आएको छ ।  

चौथो त्रैमासको वित्तीय विवरण खराब आउनुमा सिग्नेचर बैंकले ४० अर्बबराबरको सम्पत्ति प्राप्ति गर्नु मुख्य कारक रहेको एनवाईसीबीका सीईओ थामेस क्यानजेमीले बताएका छन् । सिगग्नेचर बैंकले एनआईसीबीको १०० अर्ब डलरबराबरको कुल सम्पत्ति खरिद गरेको थियो ।  

गत वर्षको एनवाईसीबीको तेस्रो त्रैमासको प्रतिवेदन अनुसार बैंकको कुल निक्षेपको ४० प्रतिशत निक्षेपको बीमा गरिएको छैन । यो हिस्सा सिग्नेचर बैंक र सिलकन भ्याली बैकको तुलनामा भने कम नै हो । बैंकको सेयरमूल्य आईरहेको डरलाग्दो गिरावटले लगानीकर्ता,बैंक तथा ग्राहकहरुको चिन्ता थपिदिएको छ

बैंक अफ अमेरिकाका विश्लेषकहरुले बैंकबाट कुनै प्रकारको अस्वभाविक निक्षेप बाहिरिएको वा भित्रिएको नदेखिएको बताएका छन्।  बैंकले आगामी महिनाभित्र वार्षिक वित्तीय प्रतिवेदन पेश गर्न सक्ने भएकाले बैंकको निक्षेपबारे थप प्रस्टता आउने जनाइएको छ ।  

अमेरिकी केन्द्रीय बैंककी ट्रेजरी सेक्रेटरी ज्यानेट एलेनले सुपरिवेक्षकहरुसँग निरन्तर सम्पर्कमा रहेको र वर्तमान बैंकिङ तनावलाई नजिकबाट नियालिरहेको बताएकी छन् । उनले कुनै बैंक विशेषका बारेमा भने अभिव्यक्ति दिन मानिन् । -एजेन्सी   

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.