बुधबार, माघ २१,२०८२ 07:05:09
Bizshala
  • बुधबार, माघ २१,२०८२ 07:05:09
Bizshala
Global IME Bank Limited
Bizshala

सेयर बजारसम्बन्धी नयाँ संगठन स्थापना, लगानीकर्ताको हकहित संरक्षण गर्ने मुख्य उद्देश्य

सेयर बजारसम्बन्धी नयाँ संगठन स्थापना, लगानीकर्ताको हकहित संरक्षण गर्ने मुख्य उद्देश्य
Shivam Cement

काठमाण्डौ । पूँजीबजारमा लगानीकर्ताहरुको नयाँ संगठन स्थापना भएको छ । वैशाख १६ गते  जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा नेपाल सेयरबजार लगानीकर्ता संघ नामक संगठन दर्ता भएको हो ।  

दशैभर छरिएर रहेका सेयर बजारका लगानीकर्ताहरुको हक हित संरक्षण गर्ने, सचेतना कार्यक्रमहरु चलाउने, लगानी शिक्षा प्रवर्द्धन गर्ने, अध्ययन अनुसन्धान गर्ने, नीतीगत तथा व्यवहारिक सहजीकरण गर्ने उदेश्यले यो संगठनको स्थापना भएको जनाइएको छ ।  

Bizshala
Garima Development Bank
New Office

संघको अध्यक्षमा केशव प्रसाद श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष किशोर पौडेल, उपाध्यक्षमा ई. भगवान बहादुर राउत, महासचिवमा खगेन्द्र राज कंडेल (रविन(सचिवमा भूबन ढकाल र कोषाध्यक्षमा मछिन्द्र बस्नेत रहेका छन् ।  

यस्ते सदस्यहरुमा  मिना भट्ट अमृत कुमार क्षेत्री, धनन्जय पौडेल, विवेक श्रेष्ठ, सुदर्शन गौतम, धुव्र प्रसाद खनाल र श्यामहरि सेढाई रहेका छन् ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

यो  संघ विसुद्ध सामाजिक, गैर नाफामूलक, गैर राजनैतिक चरित्रको रहने र सत्यनिष्ठा, पारदर्शिता, जवाफदेहिता र व्यवसायिकता बाट अनुप्राणित रहने बताइएको छ । 

संघको स्थापना बारे जानकारी दिन आज राजधानी काठमाण्डौमा प्रेस भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । उक्त अवसरमा पूँजीबजारसँग सम्बन्धित विभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियो । 

‘यसका हरेक गैर नाफामूलक गतिविधिहरुको माध्यमबाट हाम्रा सदस्य सेयर बजारका लगानीकर्ताहरुको श्रीवृद्धि गर्ने यसको मूल एवं अन्तिम अभिष्ट हुनेछ । यसका सदस्य लगानीकर्ताहरुको पक्षपोषण गर्ने, सचेतना अभियान चलाउने तथा राज्यका सम्बद्ध संस्थाहरु तथा नियामक निकायहरुसंग सेतुको काम गर्ने कुराहरु पनि यस संस्थाको प्राथमिकतामा रहनेछन् । यस संस्थाले निकट भविष्यमा प्रविधिको भरपूर प्रयोगबाट लगानीकर्ताहरुको सदस्यता व्यवस्थापन, गुनासा तथा सुझावहरु संकलन, लगानी शिक्षाको प्रसार, सचेतनामूलक, जानकारीमूलक कार्यक्रमहरु घनीभूत रुपमा संचालन गर्ने कार्यक्रमहरु रहेको जानकारी गराउन चाहन्छौं ।’ संघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।  

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.