बिहीबार, बैशाख ३,२०८३ 04:27:08
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 04:27:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पूँजी वृद्धिका लागि ३० वटा पुराना ब्रोकरहरुलाई अझै २ वर्ष हाईसञ्चो , समय थप्न अर्थ मन्त्रालय सकारात्मक !

Bizshala
पूँजी वृद्धिका लागि ३० वटा पुराना ब्रोकरहरुलाई अझै २ वर्ष हाईसञ्चो , समय थप्न अर्थ मन्त्रालय सकारात्मक !
Shivam Cement

काठमाण्डौ । हाल नेप्सेमा सूचिकृत भएका ९२ वटा ब्रोकरहरु मध्य अझै ३० वटा ब्रोकरहरुले धितोपत्र बोर्डले तोकेको पूँजी पुर्याउन बाँकी रहेको छ । पछिल्लोपटक पूँजी पुर्याउन बाँकी रहेका ३८ वटा पुराना ब्रोकरहरुमध्ये ८ वटा ब्रोकरहरुले हालैमात्रै तोकिएको पूँजी पुर्याएका छन् ।  

बाँकी रहेका ब्रोकरहरुलाई  पूँजी बढाउन दिइएको समय सीमा आगामी असारमा सकिदै छ । यसैबीच ब्रोकरहरुले समय थप गर्न माग गरिरहेका छन् । स्टक ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष सागर ढकालले अर्थ मन्त्रालय २ वर्षको लागि समय थप्न सकारात्मक रहेको जानकारी दिए । ढकालका अनुसार यस विषयमा एकपटक अध्यादेश आइसकेका कारण अब मन्त्रीस्तरिय निर्णयबाट नै समय थप हुन सक्ने छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

धितोपत्र दलाल व्यबसायीहरुले धितोपत्र बोर्डले तोकेको २० करोडको चूक्तापूँजी पुर्याउनु पर्ने हुन्छ । सेबोनले २०७९ साल भदौमा सबै ब्रोकरहरुलाई न्यूनतम २० करोड पूँजी पुर्याउन भनेको थियो । तर ब्रोकरहरुले भने मर्जरको बिकल्प समेत माग गरेर समय थप गर्न माग गरेका थिए । हाल ब्रोकरहरुले धितोपत्र बोर्डले समयमा नै मर्जरको निर्देशिका नल्याएका कारण आफूहरुले समयमै मर्जरको प्रक्रिया टुङ्ग्याउन नसक्ने बताउँदै आएका छन् ।  

CG Motors
Garima Development Bank
IME remit

तथापी बोर्डका केही अधिकारीहरु भने ब्रोकहरुलाई पूँजी पुर्याउन समय थप गर्ने मनसायमा नरहेको बताउँदै आएका थिए । यसैबीच अर्थ मन्त्रालय भने यस विषयमा सकारात्मक देखिएको छ ।  

हाल धितोपत्र बोर्डले सीमित कार्य गर्नेको हकमा २० करोड, पूर्ण कार्य गर्ने ब्रोकरहरुको हकमा ६० करोड र स्टक डिलरको लागि १ अर्ब ५० करोड पूँजी तोकेको छ । जसअन्तगर्त अब पुराना ३० वटा ब्रोकरले सीमित कार्य गर्नको लागि मात्रै धितोपत्र बोर्डले तोकेको २० करोड चुक्तापूँजी पुर्याउन बाँकी छ  ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.