शनिबार, श्रावण २,२०८३ 09:30:26
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 09:30:26
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता एवं तालिम सम्पन्न

एनआईसी एशिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता एवं तालिम सम्पन्न
New Office

काठमाण्डौ ।एनआईसी एशिया लघुवित्तले गण्डकी प्रदेश अन्तर्गतको शाखा कार्यालय मगरकोटमा वैशाख २९ गते वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय जनप्रतिनिधि टेक नारायण महतो तथा मगरकोट उपप्रदेश कार्यालयका अनुगमन अधिकृत भुवन राज भट्टको उपस्थितिमा सञ्चालन गरिएको कार्यक्रममा शाखाका शाखा प्रमुख गोपाल सुनारलगायत कर्मचारीहरुको पनि उपस्थिति थियो । उक्त कार्यक्रममा करिब ४० जना महिला सदस्यहरुको सहभागीता रहेको थियो ।

यसैगरि, लघुवित्तको बाङ्गेसिमल शाखाद्वारा पनि वित्तीय साक्षरता तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लघुवित्तका कर्णाली प्रदेश प्रमुख नवराज सिंह,उपप्रदेश कार्यालय बाङ्गेसीमलका अनुगमन अधिकृत गणेश पुन मगर लगायत बाङ्गेसीमल शाखामा कार्यरत कर्मचारी सहित ५५ जना सदस्यको उपस्थिति थियो ।

यस्तै, लघुवित्तको बेस्तडा शाखा दैलेखले ३ दिने आधारभूत बाख्रापालन तालिम कार्यक्रम सम्पन्न गरेको छ । वैशाख २७ देखि २९ सम्म चलेको तालिममा सहभागी सम्पुर्ण सदस्यहरुले सकारात्मक प्रतिक्रिया दिँदै  तालिमले आगामी दिनमा महत्वपूर्ण भुमिका खेल्ने धारणा व्यक्त गरे । कार्यक्रममा भगवतीमाइ गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापा, उपाध्यक्ष मिनाकुमारी खड्का, पशु प्राबिधिक प्रशिक्षक गणेश राजजोशी, बिनेश परियारलगायतको उपस्थिति थियो ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.