शुक्रबार, असार १३,२०८२ 09:48:57
  • शुक्रबार, असार १३,२०८२ 09:48:57
Global IME Bank Limited

एनआईसी एशिया लघुवित्तका विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम र निःशुल्क स्वास्थ शिविर

Hyundai Nepal
एनआईसी एशिया लघुवित्तका विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम र निःशुल्क स्वास्थ शिविर
Nabil Bank Limited

काठमाण्डौ । एनआईसी एशिया लघुवित्तका कोशी, मधेश, लुम्बिनी र सुदुर–पश्चिम प्रदेशका ५ वटा शाखाहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । जेठ ३ गते भएको कार्यक्रममा मौवा शाखामा ४६,दुर्गाफाटमा ७१,चैनपुरमा ३८, खैरावानामा ४५, दुर्गौलीमा ५८ गरी जम्मा २५८ जनाको सहभागीता रहेको थियो । 

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी, लघुवित्तका प्रदेश प्रमुखहरु, अनुगमनअधिकृतहरु, शाखा प्रमुखहरु लगायतको उपस्थिति थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

सोहि दिन संस्थाले झापाको कमल गाउँपालिकामा रहेको सिद्धार्थ सामुदायिक भवनमा निःशुल्क स्वास्थ्य शिविर  सञ्चालन गरेको थियो । ऐन्जल फाउन्डेसनको सहयोगमा चलेको शिविरमा काठमाडौँको सिभिल हस्पिटलबाट गएका तीन जना बरिष्ठ चिकित्सकसहित ९ जना टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो । शिविरमा ४० जना भन्दा बढीले निःशुल्क सेवाको लाभ उठाउका थिए भने १६ जनाको ल्यावटेष्ट गरी सबैलाई निःशुल्क औषधि वितरण गरिएको थियो ।

ग्रामीण भेगमा रहेका निम्न वर्गीय समुदायका मानिसहरुलाई आर्थिक अभाव तथा विभिन्न कारणबाट उपचारबाट वञ्चित हुनबाट रोक्न संस्थाले उक्त शिविर सञ्चालन गरेको जनाएको छ । यसबाट ग्रामीण भेगका जनताको लुकेर बसेको रोग पहिचान गरि समयमा नै उपचार गर्न सहयोग पुग्ने विश्वास संस्थाले लिएको छं । साथै, आगामी दिनहरुमा पनि यस्तै स्वास्थ्य शिविरहरु सञ्चालन गरी ग्रामीण भेगका जनतालाई सहयोग पु¥याउने प्रतिबद्धता संस्थाले गरेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.