शुक्रबार, असार १९,२०८३ 04:49:42
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 04:49:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

छोराले विलासी जीवन बिताएको तस्बिर सार्वजनिक भएसँगै मंगोलियाका प्रधानमन्त्रीले दिए राजीनामा

Laxmi Sunrise Bank Limited
छोराले विलासी जीवन बिताएको तस्बिर सार्वजनिक भएसँगै मंगोलियाका प्रधानमन्त्रीले दिए राजीनामा

काठमाण्डौ । मंगोलियाका प्रधानमन्त्री एल ओयुन एर्डिनले आफ्नो छोराको तस्बिर सामाजिक सञ्जालमा देखा परेपछि राजीनामा दिएका छन् । उनले छोराले विलासी जीवन बिताएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन् ।  

भ्रष्टाचार विरोधी अनुसन्धान र कयौं हप्तासम्म चलेको विरोध प्रदर्शनपछि एर्डिनले राजीनामा दिएका हुन् । एल ओयुन एर्डिनले मंगलबार संसदमा विश्वासको मत गुमाए। उनलाई संसदका १२६ सदस्यमध्ये कम्तीमा ६४ जनाको समर्थन आवश्यक थियो। विश्वासको मतका क्रममा गोप्य मतदानमा भाग लिने ८८ सांसदमध्ये ओयुन एर्डिनले ४४ मत प्राप्त गर्न सके भने आवश्यक समर्थन ६४ थियो।

New Office
CG Motors
Garima Development Bank

भाइरल तस्बिरहरूमा, ओयुन एर्डिनका छोरा र उनको छोराकी प्रेमिकाले आफ्नो इन्गेजमेन्टको छुट्टीमा कालो डायर ह्यान्डब्याग र धेरै किनमेल गरेर झोला बोकेको देखिएको छ । ओयुन एर्डिनको परिवारले यस्तो विलासी जीवन कसरी बिताउन सक्छ भन्ने विरोधमा उत्रिएका मानिसहरूको भनाइ छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

स्थानीय सञ्चारमाध्यमले देशको भ्रष्टाचार विरोधी एजेन्सीले उनको आर्थिक मामिलामा अनुसन्धान गरिरहेको बताएको छ । ओयुन एर्डिनले भ्रष्टाचारको आरोप अस्वीकार गरेका छन्। उनले आफ्ना आलोचकहरूले आफूविरुद्ध झूटो मानहानि फैलाउने अभियान चलाएको आरोप पनि लगाएका छन् ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.