शुक्रबार, आश्विन ९,२०८३ 04:32:38
Bizshala
  • शुक्रबार, आश्विन ९,२०८३ 04:32:38
Bizshala
Global IME Bank Limited

हरेक गुड न्यूजमा पनि किन बढ्न सकिरहेको छैन सेयर बजार ?

Bizshala
हरेक गुड न्यूजमा पनि किन बढ्न सकिरहेको छैन सेयर बजार ?
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से झिनो अंकले घटेर बन्द भएको छ । आज कारोबारको पहिलो प्रहरमा बजार २८ अंकले बढेको थियो । तर दिनभरको कारोबारमा भने यो बढोत्तरी टिक्न सकेन । फलस्वरुप आज नेप्से अन्त्यमा झिनो अंकले घटेर बन्द भयो । आज बजारका साथसाथै कारोबार पनि करिब एक अर्बले घटेको छ ।  

पछिल्लोपटक सेयर बजारमा हरेक गुड न्यूजलाई लगानीकर्ताहरुले बेच्ने अवसरको रुपमा लिनुनै बजार घट्नुको मुख्य कारण बनेको छ । सेयर बजारमा एउटा सुत्र छ जसलाई ‘बाई अन रुमर्स सेल अन फ्याक्ट’ अर्थात हल्लामा किन र गुड न्यूज आउँदा बेच भन्ने हो । पछिल्लोपटक सेयर बजारमा एकपछि अर्को गुड न्यूज आएका छन् । अघिल्ला गभर्नरले कसेका केहि नीतिहरु नेपाल राष्ट्र बैंकले एक पछि अर्को गर्दै खोल्दै गएको छ । उदाहरणका लागि असार ९ गते आएको चालू पूँजी कर्जामा लचक हुनु भनेको नेपाल राष्ट्र बैंक पूँजीबजार र अन्य ब्यापारीप्रति निकै सकारात्मक छ भन्ने प्रष्ट संकेत हो । नेपाल राष्ट्र बैंकले परिपत्रमार्फत नै केही कसिला नीति फुकाउँदै गरेको छ । तर लगानीकर्ताहरुले भने ‘बाई अन रुमर्स, सेल अन फ्याक्ट’ रणनीति नै लिएको देखिन्छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अहिले सेयर बजारमा लगानीकर्ताले यहि रणनीति लिएको केही ब्रोकरहरुले पनि दाबी गर्छन । सेयर बजारमा हाल ७२ घण्टे अर्थात खातामा सेयर आएपछि बेच्ने प्रचलन पनि रहेको छ । ब्रोकर हाउसमा भेटिएका एक लगानीकर्ताले विगत एक बर्षमा केही कम्पनीहरु मात्रै चलेको बताए । उनले एकपटक एनआरएन र सीएचडीसी जस्ता कम्पनीहरु चलेको र त्यसपछि नेपाल रि – इन्स्योरेन्स र हिमालय रि –इन्स्योरेन्स चलेको बताए । तर ती कम्पनीहरुबाट खेलाडी निस्कन नपाएको उनले बताए ।  

त्यसैगरि हाइड्रो कम्पनीहरुमा पनि सीमित कम्पनीहरुमात्रै चले । त्यहाँबाट पनि खेलाडी निस्कन सेकेका छैनन् । फाइनाँन्स र विकास बैंक समूहमा चलेका कम्पनीहरुको अवस्था पनि त्यहि नै छ । खेलाडीको पैसा एक दुई स्टकमा फस्यो । जहाँबाट निस्कन नयाँ पैसा लिएर नयाँ लगानीकर्ता बजारमा आएका छैनन् । भएको पुराना लगानीकर्ता निकै सर्ट टर्म अर्थात ७२ घण्टामा सेयर बेचेर निस्कन्छन् । यहि कारण पछिल्लोपटक जति राम्रा समाचार आए पनि बजार बढ्न सकेको छैन । लगानीकर्ताहरुले गुड न्यूजलाई नै सेयर बेच्ने अवसरको रुपमा लिएका छन् ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.