शनिबार, श्रावण १६,२०८३ 11:37:46
Bizshala
  • शनिबार, श्रावण १६,२०८३ 11:37:46
Bizshala
Global IME Bank Limited

अनन्त अम्बानीले वार्षिक २० करोड भारुसम्म तलब लिने

अनन्त अम्बानीले वार्षिक २० करोड भारुसम्म तलब लिने
New Office

काठमाण्डौ । रिलायन्स इन्डस्ट्रिजका नयाँ कार्यकारी निर्देशक अनन्त अम्बानीले हरेक वर्ष १० देखि २० करोड भारु तलब पाउने भएका छन्। पीटीआई रिपोर्टका अनुसार उनले तलबसँगै कम्पनीको नाफामा कमिशन र अन्य धेरै सुविधाहरू पनि पाउनेछन्।  

रिलायन्स इन्डस्ट्रिज लिमिटेडले २५ गते अनन्त अम्बानीलाई कम्पनीको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। अनन्तले मे १ गतेदेखि ५ वर्षसम्म यो पद सम्हाल्नेछन्। उनी सन् २०२३ देखि कम्पनीमा उप-कार्यकारी निर्देशक छन्। अनन्तलाई अगस्ट २०२२ मा कम्पनीको इनर्जी भर्टिकलको कमाण्ड सुम्पिएको थियो। 

यस बाहेक, अनन्त मार्च २०२० देखि जियो प्लेटफर्म लिमिटेड, मे २०२२ देखि रिलायन्स रिटेल भेन्चर्स लिमिटेड र जून २०२१ देखि रिलायन्स न्यू एनर्जी लिमिटेडका साथै रिलायन्स सो एनर्जी लिमिटेडका बोर्ड सदस्य छन् । उनी सेप्टेम्बर २०२२ देखि रिलायन्सको परोपकारी शाखा–रिलायन्स फाउन्डेसनको बोर्डमा पनि छन्।

बढ्दो उमेरसँगै, मुकेश अम्बानीले आफ्नो व्यापार साम्राज्य अर्को पुस्तालाई हस्तान्तरण गर्ने योजनामा ​​विगत धेरै वर्षदेखि काम गरिरहेका छन्।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.