शनिबार, श्रावण ३०,२०८३ 08:13:37
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 08:13:37
Bizshala
Global IME Bank Limited

यस आर्थिक वर्षमा २१.२४% ले बढ्यो नेप्से, कस्तो रहला आगामी आव ?

Prabhu Bank Limited
यस आर्थिक वर्षमा २१.२४% ले बढ्यो नेप्से, कस्तो रहला आगामी आव ?
New Office

काठमाण्डौ । आर्थिक २०८१/८२ सेयर लगानीकर्ताहरुको लागि औषत रह्यो । यस आर्थिक वर्षको सुरुवातमा नेप्से परिसूचक २३०३ विन्दुमा बन्द भएको थियो । त्यसको एक महिनामानै ७ सय अंक भन्दा बढी बढेर बजार  साउन ३० गते ३ हजारको विन्दुमा बन्द भएको थियो ।  

त्यसपछि तीन हजारको विन्दुबाट खसेर बजार असोज ८ गते २४४० विन्दुसम्म पुगेको थियो । त्यसपछि  बजारमा सुधार आउदा यस आर्थिक वर्षको अन्त्यमा अर्थात असार ३२ गते बजार २ हजार ७९५ को विन्दुमा बन्द भएको छ । यस हिसाबले नेप्से परिसूचकमा यो आर्थिक वर्षमा २१.२३ प्रतिशतको सुधार आएको छ ।  

यो आवमा १३ वटा उपसमूहमध्ये अन्य समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाए । यो अवधिमा अन्य उपसमूहका लगानीकर्ताले ३८ प्रतिशत र लगानी समूहकाले ३५.६२ प्रतिशत आम्दानी गरेका छन् । यो समयमा सबै भन्दा कम सामूहिक लगानी कोषका लगानीकर्ताहरुले १ प्रतिशत भन्दा कम आम्दानी गरेका छन् भने फाइनान्स समूहका लगानीकर्ताहरुले ४.३२ प्रतिशतले गुमाएका छन् ।  

त्यसैगरि यो समयमा वाणिज्य बैंकका लगानीकर्ताहरुले करिब २४ प्रतिशत , विकास बैंकका लगानीकर्ताहरुले ३३.५० प्रतिशत , जलविद्युतका लगानीकर्ताहरुले २४ प्रतिशतले आम्दानी गरेका छन् ।  

CG Motors

यो आर्थिक वर्षको सुरुवातमा बजार पूँजीकरण ३६ खर्ब ६६ अर्ब रहेकोमा आवको अन्त्यमा ४६ खर्ब ५६ अर्ब पुगेको छ । यस हिसाबले यो आर्थिक वर्षमा बजार पूँजीकरण १० खर्बले बढेको छ ।  

कस्तो रहला आगामी आर्थिक वर्ष ?

अहिले पूँजीबजारमा लाग्ने धेरै लगानीकर्ताहरुको जिज्ञासा भनेको अबको बजारको सम्भावना कस्तो भन्ने नै हो । लगानीकर्ता पछिल्लो समय ३२ सयको विन्दुमा एकपटक र त्यसपछि तीन हजारको विन्दुमा एकपटक फेरि लगानीकर्ता फसेको देखिन्छ । गत साउन महिनादेखि ठीक एक वर्ष सेयर बजार साइडवेजमा चलेको देखिन्छ । त्यसो त यो बीचमा सेयर बजारमा सुधार नआएको भने होइन ।

तथ्यांकको आधारमा नियाल्दा सबै क्षेत्र नै २० प्रतिशत भन्दा बढीले नै बढेको देखिन्छ भने नीर्जिवन बीमा र उत्पादन तथा प्रशोधन समूह सबै भन्दा कम बढेको देखिन्छ ।  

सबै भन्दा बढी उतारचढाव वित्त समूहमा देखिन्छ । बजार जानकारहरुका अनुसार यस वर्षको लचक मौद्रिक नीति समयम नै आउनु , तल्लो विन्दुमा ब्याजदर हुनु , लगानीका अन्य क्षेत्र नहुनु जस्ता कारण आगामी आर्थिक वर्षमा सेयर बजारले हालसम्मकै उच्च विन्दु ३२ सयलाई ब्रेक गर्ने सम्भावना रहेको छ । यस हिसाबले आगामी आर्थिक वर्ष सेयरबजारको लागि अर्को ऐतिहासिक वर्ष हुने जानकारहरुको मत रहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.