शुक्रबार, फाल्गुन ३०,२०८१ 05:51:15
IME remit
  • शुक्रबार, फाल्गुन ३०,२०८१ 05:51:15
IME remit
Global IME Bank Limited

चैत महिनाका लागि बैंकहरुले सार्वजनिक गरेको यस्तो छ नयाँ ब्याजदर,कसको कति ?

Hyundai Nepal
चैत महिनाका लागि बैंकहरुले सार्वजनिक गरेको यस्तो छ नयाँ ब्याजदर,कसको कति ?
Nabil Bank Limited

काठमाण्डौ । वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार अधिकांश बैंकहरुले मुद्दती निक्षेपको ब्याजदरमा कटौती गरेका छन् । चैत महिनाका लागि एनआईशी एशिया बैंकले मुद्दती निक्षेपको ब्याजदर बढाएको छ भने प्रभु बैंक र ग्लोबल आइएमई बैंकले भने फागुन महिनाको ब्याजदरलाई नै निरन्तरता दिएका छन् ।  

बैंकहरुमा अधिक तरलता थ्प्रिएका कारण बैंकहरुले निक्षेपको ब्याजदरमा कटौती गरिरहेका छन् । तरलता प्रयाप्त भएपनि सोहि अनुपातमा कर्जा प्रवाह भने हुन सकिरहेको छैन ।  

Shivam Cement
Bizshala
CG Motors

चैत महिनाका लागि कुन बैंकको ब्याजदर कति ?

कृषि विकास बैंक

कृषि विकास बैंक लिमिटेडले व्यक्तिगततर्फको अधिकतम ब्याजदर ६.६६६१ प्रतिशत कायम गरेको छ भने संस्थागत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ४.५१०० प्रतिशत कायम गरेको छ । फागुन  महिनाका लागि यो संस्थागततर्फ बैंकको अधिकतम ब्याजदर ४.९४३० प्रतिशत र  व्यक्तिगततर्फ ७.४४३० प्रतिशत रहेको थियो ।  

एनआईशी एशिया बैंक  

बैंकले चैत  महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.५४८ प्रतिशत र अधिकतम ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फागुन महिनामा व्यक्तिगत निक्षेपतर्फ अधिकतम ८ प्रतिशत र संस्थागततर्फ अधिकतम ६ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।  

नेपाल बैंक लिमिटेड

बैंकले चैत महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७।२५ प्रतिशत र संस्थागततर्फ अधिकतम ५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । फागुन महिनामा बैंकले व्यक्तिगततर्फ अधिकतम ७।२५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।  

कुमारी बैंक  

कुमारी बैंकले पनि चैत महिनाका लागि ब्याजदरमा कर्टाती गरेको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७।५१ प्रतिशत र संस्थागतर्फ ६.५१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फागुन महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम  ८.०१ प्रतिशत र संस्थागततर्फ  ६.०१ प्रतिशत ब्याजदर तोकेको थियो ।  

स्ट्याण्डर्ड चाटर्ड बैंक

बैंकले चैत महिनाका व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फागुन महिनामा भने बैंकले व्यक्तिगततर्फ अधिकतम ७.३५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेका थियो ।  

प्रभु बैंक  

 प्रभु बैंकले फागुन  महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । जसअजुसार व्यक्तिगततर्फ अधिकतम ७.५ र संस्थागतर्फ भने ६.५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।  

एभरेष्ट बैंक  

बैंकले चैत महिनाका लागि व्यक्तिगततर्फ ६.५ र संस्थागततर्फ अधिकतम ५.५ प्रतिशत ब्याजदर तोकेको छ । फागुन महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ ८ र संस्थागततर्फ ६ प्रतिशत अधिकतम ब्याजदर तोकेको थियो ।  

एनएमबी बैंक  

बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । फागुन महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।  

हिमालयन बैंक  

हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फागुन महिनामा बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर रहेको थियो ।  

सिटिजन्स इन्टरनेशनल बैंक

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.७५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर तोकेको छ । फागुन महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८.२५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर रहेको थियो ।  

राष्ट्रिय वाणिज्य बैंक  

चैत महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर तोकेको छ । फागुन महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.३५ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर तोकेको थियो ।  

सानिमा बैंक  

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन अघिल्लो महिना ७.५१ र ५.५१ प्रतिशत रहेको थियो ।  

प्राइम कमर्सियल बैंक  

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.४ प्रतिशत र संस्थागततर्फ ५.४ प्रतिशत ब्याजदर रहेको थियो ।  

माछापुच्छ्रे बैंक  

चैत महिनाका लागि बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.७५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर रहेको छ । अघिल्लो महिना बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर रहेको थियो ।  

नेपाल एसबीआई बैंक  

बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.०१ प्रतिशत र संस्थागततर्फ ६.०१ प्रतिशत ब्याजदर रहेको छ । फागुन महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर कायम गरेको थियो ।  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक  

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जुन फागुन महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत रहेको थियो ।  

लक्ष्मी सजराइज बैंक  

बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । अघिल्लो महिना बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर रहेको थियो ।  

सिद्धार्थ बैंक  

बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर कायम भएको छ । फागुन महिनाका लागि भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम थियो ।  

नविल बैंक  

चैत  महिनाका लागि नविल बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर कायम भएको छ । फागुन महिनाका लागि भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर कायम थियो ।  

ग्लोबल आइएमई बैंक  

बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.६ प्रतिशत र संस्थागततर्फ ६.६ प्रतिशत ब्याजदर कायम भएको छ । जुन फागुन महिना कै ब्याजदर हो । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.