काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडको न्यूरोड शाखा कार्यालय स्थानान्तरण भएको छ । कम्पनीको उक्त शाखा हालको काठमाण्डौ महानगरपालिका–२२, खिचापोखरी, न्यूरोडबाट हाल रहेको स्थान भन्दा करिब ५० मिटर उत्तर तर्फ स्थानान्तरण भएको हो ।
उक्त शाखाबाट साउन ४ गतेदेखि सेवा प्रवाह सुरू भएको कम्पनीले जनाएको छ ।स्थानान्तरित शाखाको समुद्घाटन फाइनान्सका सञ्चालक समितिका अध्यक्ष सुमन प्रसाद अधिकारीबाट भएको हो । ग्राहकहरुको सुविधालाई ध्यानमा राखी शाखाको स्थानान्तरण गरिएको शाखाकी प्रबन्धक सन्जीब श्रेष्ठले जानकारी दिए।
मञ्जुश्री फाइनान्सले हालसम्म २७ वटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट ग्राहकहरुलाई सेवा दिदै आईरहेको छ ।