मंगलवार, आश्विन २७,२०८३ 03:29:44
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 03:29:44
Bizshala
Global IME Bank Limited

भारतीय सेयरबजारको हालसम्मकै ठूलो आईपीओ ल्याउदै मुकेश अम्बानी, ६ अर्ब डलर जुटाउने तयारी

Bizshala
भारतीय सेयरबजारको हालसम्मकै ठूलो आईपीओ ल्याउदै मुकेश अम्बानी, ६ अर्ब डलर जुटाउने तयारी
New Office

काठमाण्डौ । भारतीय धनाढ्य मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजले भारतको सेयर बजारको हालसम्मकै ठूलो आईपीओ ल्याउने तयारी गरेको छ । एक रिपार्टका अनुसार रिलायन्सले आफ्नो टेलिकम कम्पनी जियो इन्फोकमको आईपीओ ल्याउने तयारी गरेको हो ।  

ब्लूमबर्गको एक रिपार्टका अनुसार रिलायन्सले कम्पनीको ५ प्रतिशत स्वामित्व बिक्री गर्न चाहेको छ । यसमार्फत कम्पनीले ६ अर्ब डलर अर्थात ५२ हजार २ सय करोड भारु जुटाउने छ । यो आईपीओ आयो भने यो भारतीय सेयर बजारको हालसम्मकै ठूलो हुनेछ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

हालसम्म भारतको सबैभन्दा ठूलो आईपीओको रेकर्ड हुन्डाई इन्डियाको नाममा रहेको छ । कम्पनीले गत वर्ष २८ हजार करोड भारुबराबरको आईपीओ जारी गरेको थियो ।  

रिलायन्स इन्डस्ट्रिजले आईपीओ ल्याउने विषयमा बजार नियामक सेबीसँग छलफल गरिरहेको छ । नियमानुसार कम्पनीले कम्तिमा २५ प्रतिशत सेयर आम सर्वसाधारणलाई जारी गर्नेछ । तर कम्पनीले बजारले यति ठूलो परिमाणको सेयर खरिद गर्ने मानिसहरु नभएको जनाएको छ । यो आईपीओबाट मेटा प्लेटफर्म(फेसबुक) र अल्टाबेट इंक(गूगल) जस्ता ठूला कम्पनीहरुलाई फाइदा हुने जनाइएको छ । यी कम्पनीहरुले सन् २०२० मा रिलायन्सको डिजिटल कारोबारमा २० अर्ब डलरभन्दा बढी लगानी गरेका थिए ।  

त्यसबेला जियो प्लेटफर्मको मूल्य ५८ बिलियन डलर थियो । जियो प्लेटफर्ममा रिलायन्सको डिजिटल र टेलिकम समेत समावेश छ ।  

केही समयअघि भने रोयटर्सले रिलायन्सले यो वर्ष जियोको आईपीओ नल्याउने जनाएको थियो । जियोको मूल्य १०० बिलियन डलरभन्दा बढी छ । कम्पनीले आईपीओ ल्याउनु अघि आफ्नो कमाई र ग्राहक बढाउन चाहेको रिपोर्टमा जनाइएको छ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X