बुधबार, श्रावण २१,२०८२ 09:12:14
  • बुधबार, श्रावण २१,२०८२ 09:12:14
Global IME Bank Limited

किन सुस्ताउँदै छ सेयर बजार ? यसो भन्छन् ब्रोकर

Hyundai Nepal
किन सुस्ताउँदै छ सेयर बजार ? यसो भन्छन् ब्रोकर
Shivam Cement

काठमाण्डौ । यतिबेला नेपालको अर्थतन्त्रका प्रायः सबै सुचकहरु सकारात्मक छन् । बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अवस्था पनि सहज नै छ । रेमिट्यान्स पनि बढ्दो क्रममा रहेको छ । यसरी सबै कुरा सकारात्मक हुँदा हुँदैपनि नेपालको सेयर बजारमा भने केही वृद्धि पछि पुनः सुस्ताउन थालेको छ ।

अघिल्लो साता साढे २६ अर्ब सेयर कारोबार सहित ३ हजार विन्दुमाथि बन्द भएको सेयर बजार दैनिक जस्तो सुस्ताउँदै गएको छ । यस्तो हुनु पछाडीको कारण के हो त ? यसै विषयमा केन्द्रित रहेर आज हामीले केही ब्रोकर सञ्चालकहरु समक्ष जिज्ञासा राखेका छौं ।

सेक्योर्ड सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३६) का सञ्चालक सन्तोष मैनाली पछिल्लो समय सेयर बजारको माहौल केही फेरिएको बताउँछन् । उनी भन्छन् ‘अहिले लकिङ खुलेका कम्पनीको सेयर मूल्य झनै बढ्छ भन्ने मानसिकता रहेको छ । यसमा बजारको मास धेरै एग्रेसिभ भएर खरिदमा लाग्यो । यही मौकामा केही संस्थापकहरले दैनिक सेयर बेचेर करोडौ रुपैयाँ लिएर बाहिरिने क्रम जारी रह्यो । सेयर बजार जति बढ्यो बजारबाट पैसा त्यति नै बाहिरियो ।’

Shivam Cement
Muktinath Bikas Bank Limited

उनले थप्दै भने, ‘बजारमा इनफ्लो भन्दा आउट फ्लो बढी भयो । बजारबाट  ठूलो पैसा बाहिरियो  । जसका कारण  केही कम्पनीहरुको मूल्य बेलुन फुटे जसरी फुट्न थाले ।’

त्यसैगरि नयाँ आईपीओबाट पनि पैसा बाहिरिएको उनी बताउँछन् । ‘सरकारलाई पूँजीगत लाभकर पनि गयो । त्यसैगरि  हकप्रदमा पनि बढी  पैसा गयो,’ मैनाली भन्छन्, ‘अर्को बजारमा निकै मौलाएको बिषय भनेको प्रि – आईपीओबाट पैसा उठाउने बिषय पनि बजार घट्नुको मुख्य कारण रह्यो ।’

बजार बढ्दै जाँदा लगानीकर्ताको मनोबल पनि बढ्दै गएकाले बजारको पैसा प्रि–आईपीओमा गएको उनले बताए । यहि कारण बजारले एउटा उचाइ लिएतापनि त्यो उचाइलाई ब्रेक गरेर माथि जान नसकेको उनको बुझाई छ ।  

गत साता साढे २६ अर्ब कारोबार हुनुमा लगानीकर्ताहरुले बैंकबाट कर्जा लिनु र लगानीकर्तामा साउन भदौमा एउटा हाई बनाउँछ भन्ने बुझाई रहनु मुख्य कारण रहेको उनले बताए  ।  

उनी भन्छन्, ‘यहि मौकामा पहिला नबिकेको कम्पनीहरुमा माग आयो । आफ्नो सेयरको राम्रो मूल्य आएपछि लकिङ खुलेका सबै कम्पनीका संस्थापकहरुले सप्लाइ दिए ।’ मैनालीले ब्रोकरहरुले लिमिट टाइट गरेको विषय आंशिक रुपमा स्वीकार गरे । उनले भने ‘वर्किङ क्यापिटलको विषय भनेको व्यापारको माग रहुन्जेल बढी दिने हो । ब्रोकरहरुले पनि पूँजी पूरै खाली गरेर बस्न पनि भएन । धेरै लुज पनि गर्न पनि भएन । जोखिमलाई हेरेर ब्रोकरहरुले केही टाइड गरेका हुन सक्छन् ।  तर सबै ब्रोकरहरुको अबस्था एउटै नहुन सक्छ । कसैले कसिलो नीति लिँदा कसैले लुज पनि गरेको हुनसक्छ । यहि कारणले बजार केही प्रभावित भएको हुन सक्छ ।’

ब्याजदर न्यून भएको अवस्था र बजारको पछिल्लो इतिहास हेर्दा धेरै कम्पनीहरुको राम्रो रिपोर्ट आउने सम्भावना र ठूलो मात्रामा लगानीकर्ताहरुको सहभागिता भएका कारण एउटा बटम लागेर बजारमा सुधार आउने उनले अपेक्षा गरे । यद्यपी बजार कता जाने भन्ने मूख्य भूमिका ब्रोकरहरुको भन्दा पनि लगानीकर्ताहरुकै हातमा रहेको मैनाली बताउँछन् ।  

स्वेता सेक्यूरिटिज स्टक ब्रोकर नम्बर २५ का सञ्चालक सुयोग अधिकार पनि ब्रोकरहरुको लिमिटका कारण नै बजार प्रभावित भएको मान्न तयार छैनन् । त्यसैगरि प्रिमियर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३२) का सीईओ दल बहादुर थापा पनि ब्रोकरहरुको कारण नै बजार घटेको मान्न तयार छैनन् ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.