बुधबार, श्रावण २०,२०८३ 12:09:28
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 12:09:28
Bizshala
Global IME Bank Limited

किन सुस्ताउँदै छ सेयर बजार ? यसो भन्छन् ब्रोकर

किन सुस्ताउँदै छ सेयर बजार ? यसो भन्छन् ब्रोकर
New Office

काठमाण्डौ । यतिबेला नेपालको अर्थतन्त्रका प्रायः सबै सुचकहरु सकारात्मक छन् । बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अवस्था पनि सहज नै छ । रेमिट्यान्स पनि बढ्दो क्रममा रहेको छ । यसरी सबै कुरा सकारात्मक हुँदा हुँदैपनि नेपालको सेयर बजारमा भने केही वृद्धि पछि पुनः सुस्ताउन थालेको छ ।

अघिल्लो साता साढे २६ अर्ब सेयर कारोबार सहित ३ हजार विन्दुमाथि बन्द भएको सेयर बजार दैनिक जस्तो सुस्ताउँदै गएको छ । यस्तो हुनु पछाडीको कारण के हो त ? यसै विषयमा केन्द्रित रहेर आज हामीले केही ब्रोकर सञ्चालकहरु समक्ष जिज्ञासा राखेका छौं ।

सेक्योर्ड सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३६) का सञ्चालक सन्तोष मैनाली पछिल्लो समय सेयर बजारको माहौल केही फेरिएको बताउँछन् । उनी भन्छन् ‘अहिले लकिङ खुलेका कम्पनीको सेयर मूल्य झनै बढ्छ भन्ने मानसिकता रहेको छ । यसमा बजारको मास धेरै एग्रेसिभ भएर खरिदमा लाग्यो । यही मौकामा केही संस्थापकहरले दैनिक सेयर बेचेर करोडौ रुपैयाँ लिएर बाहिरिने क्रम जारी रह्यो । सेयर बजार जति बढ्यो बजारबाट पैसा त्यति नै बाहिरियो ।’

उनले थप्दै भने, ‘बजारमा इनफ्लो भन्दा आउट फ्लो बढी भयो । बजारबाट  ठूलो पैसा बाहिरियो  । जसका कारण  केही कम्पनीहरुको मूल्य बेलुन फुटे जसरी फुट्न थाले ।’

त्यसैगरि नयाँ आईपीओबाट पनि पैसा बाहिरिएको उनी बताउँछन् । ‘सरकारलाई पूँजीगत लाभकर पनि गयो । त्यसैगरि  हकप्रदमा पनि बढी  पैसा गयो,’ मैनाली भन्छन्, ‘अर्को बजारमा निकै मौलाएको बिषय भनेको प्रि – आईपीओबाट पैसा उठाउने बिषय पनि बजार घट्नुको मुख्य कारण रह्यो ।’

बजार बढ्दै जाँदा लगानीकर्ताको मनोबल पनि बढ्दै गएकाले बजारको पैसा प्रि–आईपीओमा गएको उनले बताए । यहि कारण बजारले एउटा उचाइ लिएतापनि त्यो उचाइलाई ब्रेक गरेर माथि जान नसकेको उनको बुझाई छ ।  

गत साता साढे २६ अर्ब कारोबार हुनुमा लगानीकर्ताहरुले बैंकबाट कर्जा लिनु र लगानीकर्तामा साउन भदौमा एउटा हाई बनाउँछ भन्ने बुझाई रहनु मुख्य कारण रहेको उनले बताए  ।  

उनी भन्छन्, ‘यहि मौकामा पहिला नबिकेको कम्पनीहरुमा माग आयो । आफ्नो सेयरको राम्रो मूल्य आएपछि लकिङ खुलेका सबै कम्पनीका संस्थापकहरुले सप्लाइ दिए ।’ मैनालीले ब्रोकरहरुले लिमिट टाइट गरेको विषय आंशिक रुपमा स्वीकार गरे । उनले भने ‘वर्किङ क्यापिटलको विषय भनेको व्यापारको माग रहुन्जेल बढी दिने हो । ब्रोकरहरुले पनि पूँजी पूरै खाली गरेर बस्न पनि भएन । धेरै लुज पनि गर्न पनि भएन । जोखिमलाई हेरेर ब्रोकरहरुले केही टाइड गरेका हुन सक्छन् ।  तर सबै ब्रोकरहरुको अबस्था एउटै नहुन सक्छ । कसैले कसिलो नीति लिँदा कसैले लुज पनि गरेको हुनसक्छ । यहि कारणले बजार केही प्रभावित भएको हुन सक्छ ।’

ब्याजदर न्यून भएको अवस्था र बजारको पछिल्लो इतिहास हेर्दा धेरै कम्पनीहरुको राम्रो रिपोर्ट आउने सम्भावना र ठूलो मात्रामा लगानीकर्ताहरुको सहभागिता भएका कारण एउटा बटम लागेर बजारमा सुधार आउने उनले अपेक्षा गरे । यद्यपी बजार कता जाने भन्ने मूख्य भूमिका ब्रोकरहरुको भन्दा पनि लगानीकर्ताहरुकै हातमा रहेको मैनाली बताउँछन् ।  

स्वेता सेक्यूरिटिज स्टक ब्रोकर नम्बर २५ का सञ्चालक सुयोग अधिकार पनि ब्रोकरहरुको लिमिटका कारण नै बजार प्रभावित भएको मान्न तयार छैनन् । त्यसैगरि प्रिमियर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३२) का सीईओ दल बहादुर थापा पनि ब्रोकरहरुको कारण नै बजार घटेको मान्न तयार छैनन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.