सोमबार, भाद्र २३,२०८२ 02:15:49
  • सोमबार, भाद्र २३,२०८२ 02:15:49
Global IME Bank Limited

रुसद्वारा पहिलो पटक युक्रेनको सरकारी भवनमा आक्रमण, मन्त्रीपरिषद भवन नै टार्गेटमा

Hyundai Nepal
रुसद्वारा पहिलो पटक युक्रेनको सरकारी भवनमा आक्रमण, मन्त्रीपरिषद भवन नै टार्गेटमा
Shivam Cement

काठमाण्डौ । रुसले युक्रेनको राजधानी किएभमा रातभरि गरेको आक्रमणमा त्यहाँको मुख्य सरकारी भवनमा क्षति पुगेको छ। बीबीसीले रुसी क्रूज क्षेप्यास्त्र र विस्फोट देखेको थियो।

बीबीसी संवाददाता सारा रेन्सफोर्ड भन्छिन्, "रुसी क्षेप्यास्त्र र ड्रोनहरूले सहरको केन्द्रमा प्रहार गर्नु धेरै दुर्लभ हो। किनभने यो क्षेत्र हवाई रक्षा केन्द्रित छ।"

सहरका अन्य भागहरूमा भएका आक्रमणमा धेरै बहुतले आवासीय भवनहरू क्षतिग्रस्त भएका छन् र केही आंशिक रूपमा ध्वस्त भएका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

घटनामा अहिलेसम्म दुईजनाको मृत्यु भएको र १३ जना घाइते भएका विवरण आएका छन्।

नौ तले आवासीय भवनमा आगलागी हुँदा मृत्यु हुनेमा एक युवती र एक वर्षमुनिको बच्चा पनि रहेको किएभका मेयर भिटाली क्लिट्स्कोले बताएका छन्। उद्धारकर्ताहरूले तेस्रो शव खोजिरहेका उनले बताए।

सिएनएनले भने यस आक्रमणमा ४ जनाको मृत्यु भएको र ४४ जना घाइते भएका जनाएको छ ।  

रुसले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा पनि तीनवटा पूर्वाधार केन्द्रहरूमा प्रहार गरेको छ।

युद्धविराममा सहमति भएपछि युक्रेनमा शान्ति सेना पठाउने पश्चिमा प्रस्तावविरुद्ध रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशहरूलाई चेतावनी दिँदै गर्दा यी आक्रमणहरू भएका हुन्।

रातभरि भएको आक्रमणमा रुसले ८०५ वटा ड्रोन र १३ वटा क्षेप्यास्त्र प्रहार गरेको युक्रेनको वायुसेनाले जनाएको छ। प्रहार गरिएकामध्ये ७५१ वटा ड्रोनलाई खसालिएको वायुसेनाले उल्लेख गरेको छ।

प्यारिस सम्मेलनपछि हमला

सुरक्षा सुनिश्चितताका लागि योजनाहरूलाई अन्तिम रूप दिने उद्देश्यले फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँले 'कोअलिसन अफ द विलिङ' वा इच्छुकहरूको गठबन्धन" का सदस्यहरूसँग प्यारिस शिखर सम्मेलनको नेतृत्व गरेपछि पछिल्लो घटना भएको हो।

माक्रोँले कुनै पनि सेना "कुनै पनि नयाँ ठूलो आक्रमण" रोक्नका लागि तैनाथ गरिने र अग्रपङ्क्तिमा नरहनेमा जोड दिएका थिए। सेनासँग "रुसविरुद्ध युद्ध गर्ने इच्छाशक्ति वा उद्देश्य नभएको" उनले बताएका थिए।

तर पुटिनले युक्रेनका साझेदारहरूको पहललाई खारेज गर्न खोजेका छन् र युक्रेनमा परिचालन हुने कुनै पनि सेनालाई रुसले "जायज निशाना" मान्ने चेतावनी पनि दिएका छन्।

बीबीसीसँग कुरा गर्दै पुटिनका प्रवक्ताले चाहे नेटो वा अन्य कुनै पनि विदेशी सेना रुसका लागि खतरा हुने बताएका थिए। उनले "हामी नेटोका शत्रु हौँ" भनेका थिए।

युक्रेनकी प्रधानमन्त्री युलिया स्विरिडेन्कोले रुसी आक्रमणमा किएभको मन्त्रिपरिषद्को भवनमा क्षति पुगेको आधिकारिक रूपमा पुष्टि गरेकी हुन्। यो भवनमा पहिलो पटक रुसी आक्रमण भएको हो।

प्रधानमन्त्रीले भवनको छाना र माथिल्लो तलाहरू क्षतिग्रस्त भएको बताइन्।

"देशभरिका हाम्रा मानिसहरूलाई शत्रुले हरेक दिन आतङ्कित बनाएको छ," उनले सामाजिक सञ्जालमा लेखेकी छन्।

बीबीसीकी सारा रेन्सफोर्डले बिहान सबेरै आकाशमा धुवाँको ठूलो मुस्लो उडिरहेको देखिएको बताइन्।

त्यसपछि अर्को विस्फोट हुनुभन्दा पहिले दुईवटा रुसी क्रुज क्षेप्यास्त्रहरू धेरै तीव्र गतिमा चलिरहेको पनि सुनेको उनले बताइन्।

यो क्षेत्रमा हवाई रक्षा केन्द्रित भएकोले रुसी क्षेप्यास्त्र र ड्रोनहरूले सहरको केन्द्रमा यसरी प्रहार गर्नु धेरै दुर्लभ भएको रेन्सफोर्ड बताउँछिन्।

-BBC/CNN

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.