बिहीबार, आश्विन १५,२०८३ 08:40:58
Bizshala
  • बिहीबार, आश्विन १५,२०८३ 08:40:58
Bizshala
Global IME Bank Limited

समस्याग्रस्त सहकारीका सवारी तत्काल बुझाउन निर्देशन

Bizshala
समस्याग्रस्त सहकारीका सवारी तत्काल बुझाउन निर्देशन
New Office

काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका सहकारी तथा तिनले लगानी गरेका वा सञ्चालन गरेका संस्थाको नाममा दर्ता भएका सबै सवारी साधन तत्काल बुझाउन निर्देशन दिएको छ।

समितिले सवारी साधन जहाँ र जुन अवस्थामा छन्, सोही अवस्थामा बबरमहलस्थित समितिको कार्यालयमा ल्याएर बुझाउन भनेको हो। व्यक्तिगत वा अन्य प्रयोजनमा प्रयोग भइरहेका सवारी साधनसमेत तत्काल बुझाउनुपर्ने समितिको भनाइ छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

निर्देशन पालना नगरे सहकारी ऐन, २०७४ को दफा १०६ बमोजिम सम्बन्धित व्यक्ति वा संस्थाको घरजग्गा, बैंक खाता, लकर र राहदानी रोक्का गरी कानुनअनुसार कारबाही गरिने चेतावनी समितिले दिएको छ।

समितिका अनुसार स्टाण्डर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट को–अपरेटिभ, सोसाइटल बचत तथा ऋण सहकारी, प्रभु बचत तथा ऋण सहकारी, लुः निभा बहुउद्देश्यीय, ओरेण्टल, कञ्जुमर बचत तथा ऋण, कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट, भेगास बचत तथा ऋण, पशुपति सेभिङ एन्ड क्रेडिट, तुलसी बहुमुखी र शिवशिखर बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषित छन्।

त्यस्तै, हाम्रो नयाँ कृषि, कृषि विकास बहुउद्देश्यीय, कान्तिपुर सेभिङ एन्ड क्रेडिट, लालीगुराँस बहुउद्देश्यीय, गौतमश्री बहुउद्देश्यीय, गोरखा सेभिङ एन्ड क्रेडिट र नेपाल सहकारी वित्तीय संस्था पनि सूचीमा छन्।

आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीमा समाहित घेदुङ बहुउद्देश्यीय, नागरिक कल्याण बहुउद्देश्यीय, आईडल यमुना बहुउद्देश्यीय, तपाईँ हाम्रो बहुउद्देश्यीय र हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीसमेत समितिको दायरामा रहेका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.