बिहीबार, असार १८,२०८३ 08:58:32
Bizshala
  • बिहीबार, असार १८,२०८३ 08:58:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मुकेश अम्बानी-अडानीपछि बलिउडबाट डलर अर्बपतिहरूमा शाहरुख खानको उदय

Laxmi Sunrise Bank Limited
मुकेश अम्बानी-अडानीपछि बलिउडबाट डलर अर्बपतिहरूमा शाहरुख खानको उदय

-चेरिलन मोलान(बीबीसी न्यूज)-मुम्बइ

 

 

बलिवुडका सुपरस्टार शाहरुख खान एउटा नयाँ सूचीअनुसार संसारका सबैभन्दा धनी नायकहरूमध्येमा गनिँदै पहिलो पटक अर्बपतिहरूको क्लबमा सूचीकृत भएका छन्।

यी ५९ वर्षीय नायकको कुल सम्पत्ति १.४ अर्ब डलर रहेको हुरुन इन्डिया रिच लिस्ट २०२५ मा उल्लेख गरिएको छ। यो भारतका धनीहरूको वार्षिक सूची निकाल्ने संस्था हो।

New Office
CG Motors
Garima Development Bank

यसले उनलाई आर्नोल्ड श्वार्शनीगर, पप स्टार रिहाना, गल्फर टाइगर वूड र गायक टेलर स्वीफ्ट जस्ता विश्वव्यापी सेलिब्रिटीको लाइनमा पुर्‍याइदिएको छ जसको कुल सम्पत्ति फोर्ब्स म्यागजिनका अनुसार १.६ अर्ब डलर रहेको छ।

त्यो सूचीमा रहेका अन्य बलिवुड व्यक्तित्वहरूमा नायिका जुही चावला, नायक ह्रितिक रोशन र अमिताभ बच्चन तथा फिल्म निर्देशक करन जोहर छन्।

बलिवुडका 'किङ अफ रोमान्स' भनिने खानले हिन्दी फिल्म उद्योगमा तीन दशकभन्दा बढी समय बिताएका छन्। उनी नायकबाहेक एउटा प्रमुख प्रोडक्सन हाउस र क्रिकेट टीमका मालिक पनि हुन्।

हुरुन इन्डियाका संस्थापक तथा प्रमुख अनुसन्धानकर्ता अनस रहमान जुनैदले बीबीसीलाई भने: "खानको अर्बपति बन्ने मौका उनको रेड चिली इन्टरटेनमेन्ट (उनको उत्पादन कम्पनी) र नाइट राइडर स्पोर्ट्स (उनको आईपीएल क्रिकेट क्लब) का कारण भएको हो।"

उनका आयका अन्य स्रोतमा फिल्मको आम्दानी, विज्ञापन र विश्वव्यापी रूपमा उनले घरजग्गा व्यवसायमा लगाएको लगानी हो।

जुनैदका अनुसार खानको अर्बपतिमा सूचीकृत हुने कुराले भारतमा आर्थिक विकासको भूमिकामा भइरहेको परिवर्तन पनि देखाउँछ।

"भारतीय अर्थतन्त्र परिपक्व हुँदै जाँदा र सम्पत्ति बढाउने चरणमा प्रवेश गर्दा परम्परागत उत्पादन क्षेत्र, आईटी र ब्याङ्किङबाहेकका क्षेत्रमा आर्थिक परिवर्तन देखिन थालेका छन्," जुनैद भन्छन्।

"खेल, मनोरञ्जन र आईटी सम्बद्ध व्यवसाय अहिले भारतमा सम्पत्ति बनाउने महत्त्वपूर्ण इन्जिनका रूपमा देखापरेका छन्," उनले भने।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

जुनैदका अनुसार यो अमेरिकामा भएको विकासको समान छ, जहाँ धनीका सूचीमा कुनै समयमा उद्योगपति र ब्याङ्करहरू हुन्थे भने अहिले खेल टीम मालिक, मिडिया मालिक र सेलिब्रिटीको नेतृत्वमा भएका ब्रान्डहरू जस्तो कि माइकल जोर्डन, लेब्रोन जेम्सदेखि ओपरा विन्फ्रे र बियोन्सेसम्म छन्।

तर फोर्ब्सका अनुसार कैयौँ सेलिब्रिटीहरू असाध्यै धनी भए पनि तिनको कुल सम्पत्ति १० अङ्कको हुनु भने दुर्लभै छ। हाल दुई दर्जनभन्दा कम मानिसहरूले त्यो सङ्ख्या छुन सकेका छन्।

यो वर्ष अरू चार बलिवुड सेलिब्रिटी र तिनका परिवार हुरुनको सूचीमा परे पनि खानको सम्पत्ति निकै बढी रहेको अनुमान गरिन्छ।

कैयौँ फिल्ममा खानकी सहकर्मी रहेकी नायिका जुही चावला र उनको परिवार दोस्रो नम्बरमा छ, जसको कुल सम्पत्ति ८८ करोड डलर रेकर्ड गरिएको छ।

त्यसैगरी सूचीमा परेका ह्रितिक रोशनको सम्पत्ति २६ करोड डलर छ भने निर्देशन करन जोहरको २० करोड डलर छ। अमिताभ बच्चन र उनका परिवारको सम्पत्ति १८ करोड ३० लाख डलर रहेको छ।

सन् २०२४ मा जोहरले उनको उत्पादन कम्पनीमा भएको ५० प्रतिशत शेयर ११ करोड ९० लाखमा भारतका खोप उत्पादनकर्ता आधार पूनावालालाई बिक्री गरेपछि चर्चामा आएका थिए।

भारतमा अर्बपतिहरूको सङ्ख्या ३५० नाघेको छ। यो वर्ष हुरुन इन्डियाका अनुसार अर्बपति मुकेश अम्बानी र गौतम अडानी पहिलो र दोस्रो नम्बरमा परेका छन्।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.