बिहीबार, असार १८,२०८३ 07:37:59
Bizshala
  • बिहीबार, असार १८,२०८३ 07:37:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्वीस फुटबल क्लब साफहाउजेनको नयाँ मालिक नेपाली व्यवसायी सीपी खेतान

Laxmi Sunrise Bank Limited
स्वीस फुटबल क्लब साफहाउजेनको नयाँ मालिक नेपाली व्यवसायी सीपी खेतान

काठमाण्डौ । स्वीस क्लब साफहाउजेन अहिले नयाँ युगमा प्रवेश गरेको छ। नेपाली व्यवसायी चन्द्रप्रकाश (सीपी) खेतानले क्लबको पूर्ण स्वामित्व खरिद गरेर अन्तर्राष्ट्रिय फुटबल क्षेत्रमा आफ्नो प्रभाव जमाएका छन्।

New Office
CG Motors
Garima Development Bank

स्वीस मिडियाका अनुसार, खेतानले सिंगापुरस्थित आफ्नै कम्पनी लोटस वान इन्भेष्टमेन्टमार्फत् क्लबमा लगानी गरेका हुन्। लगानीको ठ्याक्कै रकम खुलाइएको छैन, तर क्लबका अध्यक्ष मार्टिन फ्रिकका अनुसार नयाँ लगानीकर्ताबाट डबल डिजिट मिलियन स्वीस फ्र्यांक लगानी भएपछि क्लब ऋणमुक्त भएको छ। अनुमानअनुसार, यो रकम करिब एक अर्ब ७८ करोड नेपाली रुपैयाँ पुग्छ।

फ्रिकले थपे, "हामी पाँच वर्षभित्र क्लबलाई स्वीस सुपर लिगमा पुर्‍याउने लक्ष्यमा काम गर्दैछौं।" क्लबको वार्षिक बजेट करिब ४.५ मिलियन स्वीस फ्र्यांक (८० करोड नेपाली रुपैयाँ) रहेको छ।

खेतान परिवारको अन्तर्राष्ट्रिय कदम

चन्द्रप्रकाश खेतान नेपालकै प्रसिद्ध खेतान परिवारका सदस्य हुन्। उनका पिता मोहनगोपाल खेतानले नेपालमा गोर्खा ब्रुअरी, कोकाकोला, तयारी चाउचाउ, बैंक तथा वित्तीय संस्था स्थापना गरेका थिए।

साथै, उनका दाजु राजेन्द्र खेतान नेपालमा वित्तीय क्षेत्रमा लगानी गर्दै आएका छन् भने सीपीले सिंगापुरलाई आधार बनाएर भारत, स्वीटजरल्याण्ड र अन्य अन्तर्राष्ट्रिय बजारमा व्यवसाय विस्तार गरेका छन्। गत वर्ष मात्र उनले नेपाल र भारतको काल्सबर्ग ग्रुपसँगको साझेदारी करिब १ खर्ब रुपैयाँमा बिक्री गरेका थिए।

हालै सिंगापुरमा एउटा हेरिटेज होटल समेत खरिद गरेर उनले आफ्नो अन्तर्राष्ट्रिय व्यापार दायरालाई अझ बलियो बनाएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साफहाउजेनमा नयाँ इनडोर खेलकुद केन्द्र

खेतानले क्लब खरिदसँगै स्वाइजरबिल्ड फाउण्डेशनलाई १० लाख स्वीस फ्र्यांक (करिब १७ करोड नेपाली रुपैयाँ) दान दिएका छन्। यस रकमले साफहाउजेन क्षेत्रमा इनडोर खेलकुद केन्द्र निर्माण गर्न सहयोग पुर्‍याउनेछ।

दानको चेक क्लब अध्यक्ष मार्टिन फ्रिक र सिंगापुरस्थित लोटस लाइफ फाउण्डेशनका अध्यक्ष निर्मल सिंहले हस्ताक्षर गरेका थिए। खेतानले आफ्नो कम्पनी लोटस वान इन्भेष्टमेन्टको नाफाको ५० प्रतिशत प्रत्येक वर्ष लोटस लाइफ फाउण्डेशनमार्फत् दान गर्ने नीति पनि अगाडि सारेका छन्।

नेपाली व्यवसायीले अन्तर्राष्ट्रिय फुटबल र सामाजिक उत्तरदायित्वलाई एकैसाथ अघि बढाएका छन्। स्वीस क्लबमा लगानी मात्र नभई खेलकुद पूर्वाधार विकास र समुदायमा योगदान दिएर चन्द्रप्रकाश खेतानले "व्यापार र समाजको उत्कृष्ट समन्वय"को उदाहरण प्रस्तुत गरेका छन्।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.