बिहीबार, आश्विन २३,२०८२ 06:05:20
IME remit
  • बिहीबार, आश्विन २३,२०८२ 06:05:20
IME remit
Global IME Bank Limited

ओटीसी बजारमा हाईड्रोदेखि होटल्ससम्मको कारोबार, कसको कति ?

Hyundai Nepal
ओटीसी बजारमा हाईड्रोदेखि होटल्ससम्मको कारोबार, कसको कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण हुन नसकेका तथा सूचीकरण खारेजी भएका कम्पनी पनि सेयर किनबेच गर्न सकिने बजारलाई ओभर दी काउन्टर (ओटीसी) मार्केट भनिन्छ ।

यो मार्केटमा दलालबिना नै शुक्रबार र सार्वजनिक बिदाका दिनबाहेक बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म नेप्सेमा कारोबार हुन्छ । यो व्यवस्था सूचीकरण खारेजी भएका कम्पनीको सेयर किनबेच हुने व्यवस्था नभइरहेको अवस्थामा नेप्सेले पहिलोपटक २०६५ जेठ महिनामा ‘ओटीसी बजार नियमवली, २०६५’ ल्याएको हो। उक्त नियामवलीअनुसार नेप्सेले स्वचालित कारोबार बाहेक छुटै काउन्टर खोली खरिदकर्ता र बिक्रीकर्ताको सीधै सम्पर्कबाट कारोबर हुने गर्छ ।

यो बजारमा नेप्सेले सार्वजनिक गरेको २०८२ सालको तीन महिनाको विवरण अनुसार जलविद्युत कम्पनीदेखि होटल्ससम्मको सेयर कारोबार भएको छ । जस अनुसार मेडिकेयर हस्पिटलको १२ लाख ८७ हजार १७८ कित्ता सेयर २०९ रुपैंयाँको दरले कारोबार भएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यसैगरि, आकश भैरव सेक्योर्डको ११ लाख ७१ हजार ६२० कित्ता ११० रुपैंयाँका दरले कारोबार भएको छ । यो वर्ष ओटीसी बजारमा सबै भन्दा उच्च मूल्यमा एनआइसी एसिया क्यापिटलको प्रतिकित्ता ४५० रुपैंयाँका दरले र त्यसपछि सिन सिड्स सिर्भिसको २६४ का दरले कारोबार भएको थियो ।  

ओटीसी बजारमा कारोबार हुने प्रक्रिया

लगानीकर्ताले खरिदबिक्री आदेश सेयर दलालमार्फत नभई सीधै ओटीसी मार्केटमा आएर दिन सक्नेछ ।

यसरी हुन्छ सेयर कारोबार

-धितोपत्र बिक्रेताले बिक्री गर्न चाहेको कम्पनीको धितोपत्र सम्भन्धित कम्पनीबाट प्रमाणित गरी आवश्यक कागवपत्रसहित बिक्री आदेश दिन सक्नेछन्।

-प्राप्त आदेशलाई नेप्सेले क्रमअनुसार दर्ता गर्छ ।

-धितोपत्र खरिदकर्ताले खरिद गर्न चाहेको कम्पनीको आदेश भरी दर्ता गराउनुपर्छ र १० प्रतिशत रकम धितोपत्र बजारलाई पेश्कीस्वरुप बुझाउनुपर्छ ।

-प्राप्त आदेशलाई उल्लेखित कम्पनीको नाम तथा धितोपत्र लगानीकर्ताको जानकारीका लागि मूल्य अंकितपाटी (प्राइस कोटिङ बोर्ड) मा उल्लेख गरिन्छ ।

-धितोपत्र बजारले प्राप्त खरिदबिक्री आदेशका आधारमा दर्ताक्रम तथा मूल्यका आधारमा दर्ताक्रम तथा मूल्यलाई आधारमानी मूल्य तथा संख्या घटबढ गर्नुपर्ने हुन्छ ।

-उल्लेखित प्रकियाअनुसार मूल्य तथा संख्या मिलेमा कारोबार हुन्छ ।

राफसाफ

राफसाफका लागि धितोपत्र बिक्रेताले धितोपत्रको प्रमाणपत्र ३ कार्यदिनभित्र तोकिएको शाखामा पेस गर्नुपर्छ भने खरिदकर्ताले खरिद गरेको धितोपत्रको रकम, नामसारी दस्तुर त्यति नै दिनभित्र नेप्सेले तोकेको बैंकमा दाखिला गरी सम्बन्धित शाखामा पेस गर्नुपर्छ ।

यसरी ओटीसी बजारमार्फत नेप्सेमा सूचीकरण हुन नसकेका कम्पनीका सेयर कारोबर हुन्छ ।

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.