बिहीबार, असार १८,२०८३ 07:19:27
Bizshala
  • बिहीबार, असार १८,२०८३ 07:19:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारतीय धनाढ्यहरुको सम्पत्ति ९% ले घट्यो, ३ जना नयाँ अनुहारको इन्ट्री

Laxmi Sunrise Bank Limited
भारतीय धनाढ्यहरुको सम्पत्ति ९% ले घट्यो, ३ जना नयाँ अनुहारको इन्ट्री

काठमाण्डौ । फोर्ब्स इन्डियाको रिच लिस्ट २०२५ अनुसार भारतका १०० धनी व्यक्तिको कुल सम्पत्ति ९ प्रतिशतले घटेर १ ट्रिलियन डलर अर्थात ८८ लाख कोड भारुमा सीमित बनेको छ । गत वर्ष भारतीय धनाढ्यहरुको कुल सम्पत्ति १.१ ट्रिलियन डलर अर्थात् करिब ९७ लाख करोड भारु थियो ।  

रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीको नेटवर्थ १२ प्रतिशतले घटे पनि उनी ९.३२ लाख करोड भारुका साथ शीर्ष स्थानमा छन्। उनको कुल सम्पत्ति गत वर्षको तुलनामा १.२९ लाख करोड रुपैयाँले घटेको छ। गौतम अडानी ८.१७ लाख करोड भारुको कुल सम्पत्तिका साथ दोस्रो स्थानमा छन्।

शीर्ष १०० भारुतीय धनाढ्यको कुल सम्पत्ति १०० अर्ब डलरले घटेको छ । कमजोर रुपैयाँ र सेयर बजारमा आएको गिरावटका कारण यस्तो घाटा भएको जनाइएको छ । यो गिरावटले विश्व बजारको अस्थिरता र लगानीकर्ताहरूको सुस्त मूडले भारतीय अर्बपतिहरूको सम्पत्तिलाई असर गरेको देखिएको हो ।  

New Office
CG Motors
Garima Development Bank

सूचीमा ३ जना धनाढ्यको पहिलोपटक इन्ट्री भएको छ । यो वर्षको सूचीमा वारी इनर्जी चलाउने दोशी दाजुभाइ दिदीबहिनी ३७ औँ नम्बरमा परेका छन् । उनको कुल सम्पत्ति ७।५ अर्ब डलर अर्थात करिब ६७ हजार करोड भारु छ ।

यस्तै फाइनान्स एण्ड इन्भेष्टमेन्ट कम्पनी अथम इन्भेष्टमेन्टकी अल्पना डाँगी सूचीमा ६७ औँ नम्बरमा परेकी छिन् ।उनको कुल सम्पत्ति ४ अर्ब ३ करोड डलर अर्थात करिब ३८ हजार करोड रुपैयाँ छ ।

इलेक्ट्रोनिक्स उत्पादन गर्ने कम्पनी डिक्सन टेक्नोलोजीका संस्थापक सुनिल वाचानी ८० औँ नम्बरमा छन् ।उ नको कुल सम्पत्ति ३ अर्ब ८५ करोड डलर छ ।  

सूचीमा ४ जना व्यवसायिक व्यक्तिहरुले पुरागमन गरेका छन् । जसमा हल्दीराम स्न्याक्स फुडका किशन अग्रवाल, मनोहर अग्रवाल र मधुसूदन अग्रवाल, यूएसवी प्राइभेट लिमिटेडकी लीना तिवारी, शोभा लिमिटेडका पीएनसी मेनन र केपीआर मिल रामासामीका केपी रहेका छन् ।  

फोर्ब्स इन्डियाले सन् २००९ मा आफ्नो पहिलो धनाढ्य सूची सार्वजनिक गरेको थियो। यो सूची परिवार र व्यक्तिहरू, स्टक एक्सचेन्ज, विश्लेषकहरू र बजार तथ्याङ्कहरूबाट प्राप्त शेयर होल्डिङ र वित्तीय जानकारीको आधारमा तयार गरिन्छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.