काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडबीच आरम्भ चौतारी लघुवित्तमा कार्यरत कर्मचारीहरुलाई सुविधा सम्पन्न बैकिङ सेवा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ ।
आरम्भ चौतारी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवाली र प्रभु बैंकका तर्फबाट सेन्ट्रल बिजनेश सेन्टरका प्रमुख लेख बहादुर पुनले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । यो सम्झौतापश्चात आरम्भ चौतारी लघुवित्तमा कार्यरत कर्मचारीहरुले उत्कृष्ट बैकिङ सेवा प्रयोग गर्न सक्ने विश्वास प्रभु बैंकले लिएको छ ।