शुक्रबार, फाल्गुन ३०,२०८१ 01:45:25
IME remit
  • शुक्रबार, फाल्गुन ३०,२०८१ 01:45:25
IME remit
Global IME Bank Limited

एनबीआई १६ औं वर्षमा प्रवेश, उत्कृष्ट प्रशिक्षार्थिहरुलाइ सम्मानित

Hyundai Nepal
एनबीआई १६ औं वर्षमा प्रवेश, उत्कृष्ट प्रशिक्षार्थिहरुलाइ सम्मानित
Nabil Bank Limited

काठमाण्डौ । नेशनल बैकिङ इन्स्टिच्युट(एनबीआई)ले आफ्नो स्थापनाको १५औं वर्ष पुरा गरेको छ । संस्थाको १५ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले इन्स्टिच्युट द्वारा संचालित विभिन्न सर्टिफिकेशन कार्यक्रममा उत्कृष्ट स्थान प्राप्त गर्ने प्रशिक्षार्थिहरुलाइ सम्मानित गर्नुका साथै इन्स्टिच्युटमा १० वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरुलाई पुरस्कृत गरेका थिए ।

सोही अवसरमा गभर्नर अधिकारीले नेशनल बैकिङ इन्स्टिच्युटद्वारा सञ्चालन गरिने दुईवटा नयाँ सर्टिफिकेशन कोर्षहरु ‘रिस्क म्यानेजमेन्ट र ‘रिटेल बैंकिङ’ को शुभारम्भ समेत गरेका थिए । उक्त अवसरमा गभर्नर अधिकारीले मन्तव्य व्यक्त गर्दै इन्स्टिच्युटले आफ्नो भौतिक पूर्वाधार (आफ्नै आवासिय क्याम्पस) विस्तारमा जोड दिनुपर्ने र सवै बैंक तथा वित्तिय संस्थाले इन्स्टिच्युटलाई उक्त कार्यमा सहयोग पु¥याउन आवश्यक भएको कुरामा जोड दिए । गभर्नर अधिकारीले बैंक तथा वित्तिय क्षेत्रमा क्षमता अभिवृद्धिका लागि थप कार्यक्रमहरु तथा सर्टिफिकेशन कोर्षहरु ल्याउनु पर्ने आवश्यकता औंल्याए ।  

Shivam Cement
Bizshala
CG Motors

उक्त अवसरमा इन्स्टिच्युटको सहयोगी सस्ंथा इन्डिएन इन्स्टिच्युट अफ बैंकिङ एण्ड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत श्री विश्व केतन दासले सर्टिफिकेशन कोर्षको महत्वका बारेमा चर्चा गरेका थिए । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरु नेशनल बैकिङ्ग इन्स्टिच्युटको भौतिक पूर्वाधार विकास तथा इन्स्टिच्युटका विभिन्न कार्यक्रमहरुमा सहभागिताका लागि सदैव सकारात्मक रहेको कुरा व्यक्त गरे ।  

 

इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले इन्स्टिच्युटका गतिविधि तथा भावि कार्यक्रमहरुका बारेमा प्रकाश पारेका थिए । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुका साथै विभिन्न बैंक तथा वित्तिय संस्थाका कार्यकारी प्रमुख तथा अन्य अधिकारीहरुको उपस्थिति थियो ।

 कार्यक्रमको अन्तमा उक्त कार्यक्रमको सभापतित्व गर्नुभएका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा नेशनल बैकिङ्ग इन्स्टिच्युटका अध्यक्ष डा.नेफिल मातङ्गी मास्केले सम्पुर्ण बैंक तथा वित्तिय संस्था हरुलाई इन्स्टिच्युटको विकासमा पुर्याउनु भएको सहयोग का लागि धन्यबाद दिंदै इन्स्टिच्युटका कर्मचारीहरुको योगदानका लागि प्रशंसा गर्दै कार्यक्रमको समापन गरेका थिए ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.