काठमाण्डौ । ई–कमर्श कम्पनी अमेजनले ३० हजार कर्पोरेट स्तरका कर्मचारीलाई हटाउने भएको छ । खर्च नियन्त्रण गर्न र कोरोना महामारीको बेला अत्यधिक माग पुरा गर्न ठूलो संख्यामा भएको अधिक भर्ति कम गर्न कम्पनीले मंगलबारदेखि कर्मचारी हटाउन लागेको हो ।
कम्पनीले हटाउन लागेको यो संख्या कुल कर्मचारी संख्याको तुलनामा भने निकै कम हो । विश्वभर कम्पनीका १५ लाख ५ हजार कर्मचारी छन् । तर कर्पोरेट स्तरमा काम गर्ने कर्मचारीको संख्या भने करिब १० प्रतिशत अर्थात ३ लाख ५० हजार मात्रै छन् ।
कम्पनीले गर्न लागेको कर्मचारी कटौती सन् २०२२ पछिकै उच्च हो । उक्त समयमा कम्पनीले २७ हजार पोस्ट खाली गरेको थियो ।

