काठमाण्डौ । पाकिस्तानको विदेश मन्त्रालयले पाकिस्तान अफगानिस्तानसँग थप तनाव नचाहेको तर भविष्यमा हुने कुनै पनि आक्रमणको पूर्ण शक्तिका साथ जवाफ दिने जनाएको छ ।
शुक्रबारको साप्ताहिक मिडिया ब्रिफिङमा परराष्ट्र मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले शान्ति वार्तामा पाकिस्तान निकै सकारात्मक रुपमा सहभागी भएको बताए । उनले पाकिस्तान र अफगान तालिबानबीच युद्धविरामका लागि कतारमा भएको वार्ताको पनि उल्लेख गरे ।
विज्ञप्ति अनुसार युद्धविराम कार्यान्वयनका लागि नोभेम्बर ६ देखि टर्किमा हुने वार्तामा सर्तहरू तय गरिनेछ।
प्रवक्ताले भने, ‘पाकिस्तान र अफगान तालिबान शासनबीचको दोस्रो चरणको वार्ता बिहीबार साँझ समाप्त भयो। अफगानिस्तानको माटोलाई आतंकवाद वा पाकिस्तानविरुद्ध कुनै पनि प्रकारको उक्साहटका लागि प्रयोग गर्न दिनु हुँदैन।’
प्रवक्ताले भने, ‘पाकिस्तान अफगानिस्तानमा शान्ति चाहन्छ। अफगानिस्तानले आफ्नो भूमि पाकिस्तानविरुद्ध प्रयोग हुन नदिने आशा छ।’
ताहिर अन्द्राबीले मध्यस्थताको भूमिका निर्वाह गर्ने कतार र टर्किप्रति पाकिस्तान कृतज्ञ रहेको बताए ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (26).jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                