बुधबार, कार्तिक २६,२०८२ 07:51:15
IME remit
  • बुधबार, कार्तिक २६,२०८२ 07:51:15
IME remit
Global IME Bank Limited

चीनमा अर्बौंको घोटाला गर्ने क्रिप्टोक्वीन: जो बन्न चाहन्थिन् एक देशको महारानी

Hyundai Nepal
चीनमा अर्बौंको घोटाला गर्ने क्रिप्टोक्वीन: जो बन्न चाहन्थिन् एक देशको महारानी
Shivam Cement

काठमाण्डौ । हजारौं चिनियाँ पेन्सनर्सको पैसाले अर्बौंको क्रिप्टोकरेन्सी किन्ने एक महिलालाई बेलायतमा ११ वर्ष आठ महिनाको जेल सजाय सुनाइएको छ । यी महिलाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो ।  

चीनबाट भागेपछि यी महिला उत्तरी लन्डनको ह्याम्पस्टेडको महलमा बस्न थालेकी थिइन् । एक वर्षपछि महानगरीय पुलिसले त्यहाँ छापा मार्यो र संसारको सबैभन्दा ठूलो क्रिप्टो बरामद गरेको थियो।

उनको कम्पनीमा चीनका एक लाखभन्दा बढी मानिसले आफ्नो पैसा लगानी गरेका थिए । उनले आफूले उच्च प्रविधियुक्त स्वास्थ्य उत्पादन विकास गरिरहेको र  क्रिप्टोकरेन्सी माईनिङ गरिरहेको दाबी गरेकी थिइन्। उनले वास्तवमा रकम हिनामिना गरेको प्रहरीले जनाएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

अब यी महिलाको कम्पनीमा पैसा लगानी गर्ने मानिसहरूलाई आशा छ कि बेलायती अधिकारीहरूले उनीहरूलाई उनीहरूको पैसा फिर्ता गर्न सक्षम हुनेछन्। बेलायती कानून अनुसार कसैले दाबी नगरेको सम्पत्ति सरकारको खातामा जान्छ । जसका कारण कतिपयले यस लूटबाट सरकारी खजानालाई फाइदा हुने अनुमान गरेका छन् ।

सन् २०१७ मा जब चीनको प्रहरीले ४७ वर्षीया चियान चिमिनलाई अनुसन्धान गर्न थालेपछि उनी नक्कली राहदानी मार्फत बेलायत पुगेको थाहा भयो । लन्डन पुगेपछि चियान ह्याम्पस्टेड हेथ क्षेत्रको महलमा बस्न थालिन्। जसको भाडा मासिक १७ हजार पाउण्ड थियो । यो भाडा बिटक्वाइनबाट भएको आम्दानीबाट भुक्तानी गरिएको थियो।

चियानले आफूलाई लन्डनमा हीरा र प्राचीन वस्तुहरूको धनी उत्तराधिकारीको रूपमा वर्णन गरेकी थिइन्। उनले पूर्व डेलिभरी कर्मचारीलाई काममा लगाइन् । उनीहरुले क्रिप्टोकरेन्सीलाई नगद वा सम्पत्तिमा रूपान्तरण गर्न चियानलाई मद्दत गर्थे।

CG Motors
Muktinath Bikas Bank Limited

उनका सहायक वेन जियानलाई गत वर्ष मनी लान्ड्रिङको आरोपमा छ वर्षको जेल सजाय सुनाइएको थियो। उनले आफ्नो सुनुवाइका क्रममा चियानले आफ्नो अधिकांश समय ओछ्यानमा सुतेर, गेमिङ र अनलाइन सपिङमा बिताउने गरेको बताएका थिए ।

तर चियानको डायरीका अनुसार उनी ६ वर्षे योजना तयार गरिरहेकी थिइन् । अन्तर्राष्ट्रिय बैंक स्थापना र स्विडेनी दरबार किन्नुका साथै अन्य धेरै योजनाको जानकारी पनि उनको नोटमा भेटिएको थियो ।

उनको सन् २०२२ सम्म लिबरल्याण्डको रानी बन्ने ठूलो लक्ष्य थियो। यो क्रोएसिया र सर्बियाको सिमानामा अवस्थित एउटा अपरिचित सानो देश हो ।  

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.