काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४३.६५ रुपैयाँ र बिक्रीदर १४४.२५ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १६७.१४ रुपैयाँ र बिक्रीदर १६७.८४ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९१.२० रुपैयाँ र बिक्रीदर १९२ रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९५.४६ रुपैयाँ र बिक्रीदर ९५.८५ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.१७ रुपैयाँ र बिक्रीदर ९.२० रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.११ रुपैयाँ र बिक्रीदर ३९.२७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.३४ रुपैयाँ र बिक्रीदर २०.४२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३४.८८ रुपैयाँ र बिक्रीदर ३५.०३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.४२ रुपैयाँ र बिक्रीदर ३९.५८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७७ रुपैयाँ र बिक्रीदर ९.८२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६७.७६ रुपैयाँ र बिक्रीदर ४६९.७२ रुपैयाँ कायम भएको छ ।

