काठमाण्डौ । प्रभु बैंकका सीईओ अशोक शेरचन सहित तीनजनालाई थप ३ दिन म्याद थप गरिएको छ । उच्च अदालत पाटनले सीईओ शेरचन र डिसीईओ पोख्रेल र सिसिओ रिवाज श्रेष्ठलाई ३ दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।
तीनजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गत मंसिर १४ गते बैंकिङ कसुरमा बिजुलीबजारस्थित प्रभु बैंकको मुख्य कार्यालयबाट पक्राउ गरेको थियो । यससँगै अदालतले २ दिन, दुईपटक ५ दिन र आज ३ दिन गरी चारपटक म्याद थप गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।