मंगलवार, असार ९,२०८३ 03:38:16
Bizshala
  • मंगलवार, असार ९,२०८३ 03:38:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Laxmi Sunrise Bank Limited
यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत दुईवटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल) र सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।

यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस ८ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यी कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

New Office
CG Motors
Garima Development Bank

एचआईडीसीएलले गत आवका लागि १.५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने निर्णय गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २१ गते १४ औं साधारण सभा आयोजना गर्दैछ ।

यस्तै सिटिजन लाइफ इन्स्योरेन्सले पनि गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको २० प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीले लाभांश पारित गर्न पुस १८ गते साधारण सभा डाकेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.