काठमाण्डौ। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस ११ गते एक दिन बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।
पुस १० गते क्रिसमस डेको सार्वजनिक बिदा परेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि १०.५२३६२ प्रतिशत नगद लाभांश(कर प्रयोजन समेत) प्रदान गर्ने निर्णय गरेको छ ।
लाभांश पारित गर्न कम्पनीले पुस २४ गते काठमाण्डौको धुम्बाराहीमा रहेको दियो महलमा बिहान १० बजेदेखि सभा आयोजना गर्दैछ ।

