काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ४ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा रुरु जलविद्युत, मिड सोलु हाईड्रोपावर, स्वावलम्बन लघुवित्त र चन्द्रागिरी हिल्सको सेयरमूल्य समायोजन भएको हो । यी सबै कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
समायोजनपश्चात रुरु जलविद्युतको सेयरमूल्य प्रतिकित्ता ६६०.९१ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७२७ रुपैयाँ कायम थियो । कम्पनीले गत आवका लागि १० प्रतिशत बोनस सेयर र ५.७८९ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
यस्तै मिड सोलु हाईड्रोपावरले प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदै सेयरमूल्य प्रतिकित्ता ७९८.२६ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९१८ रुपैयाँ कायम थियो । कम्पनीले गत आवका लागि १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
स्वावलम्बन लघुवित्तको सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता ७२७.०२ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७६८ रुपैयाँ कायम थियो । कम्पनीले गत आवका लागि ५.६३६५ प्रतिशत बोनस सेयर र ४.३६३५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
यस्तै चन्द्रागिरी हिल्सको सेयरमूल्य पनि समायोजन हुँदै प्रतिकित्ता ८४३.८१ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८८६ रुपैयाँ कायम थियो । कम्पनीले आव २०८१/८२ का लागि वितरणयोग्य मुनाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरणको प्रस्ताव गरेको छ ।

