मंगलवार, असार ९,२०८३ 10:07:44
Bizshala
  • मंगलवार, असार ९,२०८३ 10:07:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चन्द्रागिरी हिल्सको साधारण सभाको स्थान परिवर्तन

Laxmi Sunrise Bank Limited
चन्द्रागिरी हिल्सको साधारण सभाको स्थान परिवर्तन

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले वार्षिक साधारण सभाको स्थान परिवर्तन गरेको छ । यसअघि गत मंसिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको १६ औं वार्षिक साधारण सभा पुस २३ गते दिनको ११ बजे कम्पनीको बटम स्टेशन परिसर थानकोटमा आयोजना हुने निर्णय गरेको थियो ।

तर विशेष कारणबस उक्त बटम स्टेशनको सट्टा टप स्टेशटनमा रहेको फोर डि हलमा बिहान ११ बजे सभा आयोजना गरिने कम्पनीले जानकारी दिएको छ ।

उक्त सभामा गत आवका लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरणको प्रस्ताव पारित गरिनेछ ।

New Office
CG Motors
Garima Development Bank

यस्तै, सभामा कम्पनीको आव २०८१/८२ को प्रस्तावित बोनस सेयर वितरण गरे पश्चात कायम हुने चुक्ता पूँजीको १ बरावर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने, कम्पनीको प्रबन्धपत्रको दफा ६ को कम्पनीको पूँजी संरचना संसोधन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने र सो सम्बन्धमा नियमनकारी निकायहरूबाट थप सुझाव वा हेरफेर वासंशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्ने गरी संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, संचालक समितिका सदस्यहरूलाई प्रदान गरिने सेवा सुविधा र प्रभु बैकबाट नयाँ परियोजना निर्माणका लागि लिएको कर्जा अनुमोदन गरिनेछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

भामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१/८२ सम्मको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचि उपर छलफल गरी पारित गर्ने र आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.