शुक्रबार, श्रावण १,२०८३ 06:27:35
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 06:27:35
Bizshala
Global IME Bank Limited

ओपनएआईले सार्वजनिक गर्यो ‘च्याटजीपीटी हेल्थ’ फिचर, यस्ता छन् विशेषता

ओपनएआईले सार्वजनिक गर्यो ‘च्याटजीपीटी हेल्थ’ फिचर, यस्ता छन् विशेषता
New Office

काठमाण्डौ । साम आल्टम्यानको नेतृत्वमा रहेको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी ओपनएआईले स्वास्थ्यसम्बन्धी जानकारीका लागि नयाँ फिचर ‘च्याटजीपीटी हेल्थ’ सार्वजनिक गरेको छ। यो फिचरमार्फत प्रयोगकर्ताले आफ्ना मेडिकल रेकर्ड तथा फिटनेस एप्स—जस्तै एप्पल हेल्थ र माय–फिटनेस–पाल—लाई च्याटजीपीटीसँग सुरक्षित रूपमा जडान गर्न सक्नेछन्।

कम्पनीका अनुसार यस फिचरले प्रयोगकर्तालाई आफ्ना रोग, ल्याब टेस्ट रिपोर्ट र फिटनेस रुटिनलाई अझ राम्रोसँग बुझ्न मद्दत गर्नेछ। हालका लागि यो सेवामा पहुँच पाउन वेटलिस्ट सुरु गरिएको छ।

ओपनएआईले आफ्नो ब्लग पोस्टमा उल्लेख गरेअनुसार, विश्वभर हरेक हप्ता करिब २३ करोड मानिसले च्याटजीपीटीमार्फत स्वास्थ्य र वेलनेससँग सम्बन्धित प्रश्न सोध्ने गरेका छन्। यही बढ्दो प्रयोगलाई ध्यानमा राख्दै कम्पनीले चिकित्सकहरूसँगको सहकार्यमा ‘च्याटजीपीटी हेल्थ’ डिजाइन गरेको जनाएको छ।

यसको उद्देश्य प्रयोगकर्तालाई आफ्नो स्वास्थ्यप्रति बढी सचेत बनाउनुका साथै चिकित्सकसँग अपोइन्टमेन्ट अघि राम्रो तयारी गराउन सहयोग गर्नु हो। ‘च्याटजीपीटी हेल्थ’ को मुख्य विशेषता यसको इंटीग्रेशन क्षमता हो। प्रयोगकर्ताले आफ्ना मेडिकल डाटा र वेलनेस एप्सलाई यससँग जडान गरेपछि च्याटजीपीटीले व्यक्तिगत सन्दर्भमा आधारित जानकारी दिन सक्छ।

टेस्ट रिपोर्ट बुझ्न सहयोगः हालैका ल्याब टेस्ट नतिजाको सरल व्याख्या

वर्कआउट र डाइट सल्लाहः जीवनशैलीअनुसार आहार र व्यायामसम्बन्धी सुझाव

इन्स्योरेन्स जानकारीः स्वास्थ्य ढाँचाका आधारमा विभिन्न इन्स्योरेन्स विकल्पका फाइदा–बेफाइदाको विश्लेषण

स्वास्थ्य डेटाको संवेदनशीलतालाई ध्यानमा राख्दै ओपनएआईले कडा सुरक्षा व्यवस्था गरेको दाबी गरेको छ। कम्पनीका अनुसार हेल्थ सेक्शनका सबै कुराकानी एन्क्रिप्टेड र पूर्ण रूपमा अलग (कम्पार्टमेन्टलाइज्ड) हुनेछन्। यस सेक्शनको डेटा एआई मोडेल ट्रेनिङमा प्रयोग गरिने छैन।

हेल्थ च्याटको मेमोरी सामान्य च्याटभन्दा अलग रहनेछ र प्रयोगकर्ताले चाहेको बेला डिलिट गर्न सक्नेछन्।

प्रयोग र उपलब्धता

‘च्याटजीपीटी हेल्थ’ प्रयोग गर्न इच्छुक प्रयोगकर्ताले हाल वेटलिस्टमा साइन–अप गर्नुपर्नेछ। पहुँच प्राप्त भएपछि च्याटजीपीटीको साइडबारमा ‘हेल्थ’ नामक विकल्प देखिनेछ। मेडिकल रेकर्ड जडान गर्ने सुविधा प्रारम्भिक चरणमा अमेरिकाका प्रयोगकर्ताका लागि मात्र उपलब्ध गराइएको छ।

कम्पनीले यस फिचरमा कस्टम निर्देशन दिने सुविधा पनि रहने स्पष्ट पारेको छ, जसबाट प्रयोगकर्ताले च्याटजीपीटीले कुन विषयमा ध्यान दिने र के कुरा नबोल्ने भन्ने निर्देशन दिन सक्नेछन्।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.