काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई नगद तथा बोनस सेयर वितरण गरेको छ । संस्थाले पुस २९ गते सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट गत आवका लागि पारित भएको १२.५ प्रतिशत नगद लाभांश(कर समेतं) र १२.५ प्रतिशत बोनस सेयर सेयरधनीहरुलाई वितरण गरेको हो ।
नगद लाभांश एनएमबि क्यापिटलमार्फत सेयरधनीहरुले हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा पुस २९ गतेदेखि नै जम्मा गरिएको संस्थाले जनाएको छ । यस्तै १२.५ प्रतिशत बोनस सेयर सूचिकरणपश्चात सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिने संस्थाले जनाएको छ ।
साधारण सभा प्रयोजनका लागि सेयर दाखिला बन्द हुने मितिसम्ममा कायम रहेका सेयरधनीहरुको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांश वापतको रकम सोही खातामा नै जम्मा गर्ने व्यवस्था गरिएको संस्थाले जनाएको छ ।

