काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरणहरू पारित गरेको छ। माघ ६ गते मंगलबार दिउँसो साढे ३ बजे बसेको संस्थाको २४८औँ बैठकले २०८२ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका सम्पूर्ण वित्तीय विवरणहरू पारित गर्ने निर्णय गरेको हो।
बैठकले पारित भएका वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णयसमेत गरेको संस्थाले जनाएको छ। साथै, संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरणहरू स्वीकृत भई आएपछि ती विवरणहरू संस्थाको आगामी वार्षिक साधारण सभामा स्वीकृतार्थ पेश गरिने निर्णयसमेत बैठकले गरेको छ।

