मंगलवार, असार ९,२०८३ 04:10:30
Bizshala
  • मंगलवार, असार ९,२०८३ 04:10:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सामाजिक सञ्जालमार्फत सेयर बजारमा चलखेल भएको दाबी, सेबोन लगायतका निकायमा उजुरी

Laxmi Sunrise Bank Limited
सामाजिक सञ्जालमार्फत सेयर बजारमा चलखेल भएको दाबी, सेबोन लगायतका निकायमा उजुरी

काठमाण्डौ । नेपालको पुँजी बजारमा सङ्गठित रूपमा अवाञ्छित चलखेल भइरहेको भन्दै लगानीकर्ताहरूको एक समूहले नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष ‘हुइसलब्लोअर’ उजुरी दर्ता गराएका छन्।  

उजुरीमा दोस्रो बजारमा केही व्यक्ति तथा समूहहरूले ऐन, नियम र आचारसंहिता उल्लङ्घन गर्दै बजारलाई कृत्रिम रूपमा प्रभावित बनाइरहेको गम्भीर आरोप लगाइएको छ।

New Office
CG Motors
Garima Development Bank

Apple Nepal Group अन्तर्गतका लगानीकर्ताहरूको समूहले सेबोन अध्यक्षलाई सम्बोधन गर्दै बुझाएको उजुरीमा क्लबहाउस, टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालको दुरुपयोग गर्दै आम लगानीकर्तालाई भ्रमित पार्ने गतिविधि बढ्दै गएको उल्लेख गरिएको छ। उजुरी अनुसार केही समूहले योजनाबद्ध रूपमा निश्चित कम्पनीको सेयर उठाएर कृत्रिम अभाव सिर्जना गर्ने, आपसी कारोबार (सर्कुलर ट्रेडिङ) मार्फत मूल्य अस्वाभाविक रूपमा बढाउने र पछि सर्वसाधारण लगानीकर्तालाई महँगोमा सेयर भिडाउने कार्य गरिरहेका छन्।

उजुरीमा सामाजिक सञ्जाललाई ‘हथियार’ बनाएर वित्तीय आधारभन्दा बाहिर गएर हल्ला फैलाउने, ‘पम्प एण्ड डम्प’ रणनीति अपनाउने तथा बोर्डबाट इजाजत नलिई सेयर खरिद–बिक्रीबारे प्रत्यक्ष निर्देशन दिने गतिविधि भइरहेको उल्लेख छ। यस्ता कार्यहरू सेबोनको आचारसंहिता विपरीत रहेको उजुरीमा जनाइएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लगानीकर्ताहरूले धितोपत्र सम्बन्धी ऐन, २०६३ का दफा ९४, ९५, ९६ र ९७ को स्मरण गराउँदै झुट्टा कारोबार, मूल्यमा कृत्रिम उतारचढाव र भ्रामक सूचनामार्फत बजार प्रभावित पार्ने कार्य कानुनविपरीत रहेको बताएका छन्।

उजुरीमा सेबोनसँग तीन प्रमुख माग राखिएका छन्। शङ्कास्पद समूह तथा व्यक्तिहरूको कारोबार विवरण र सामाजिक सञ्जाल गतिविधिलाई जोडेर सघन छानबिन गर्नुपर्ने, बजार म्यानुपुलेसन र इन्साइडर ट्रेडिङ नियन्त्रण गर्न डिजिटल सर्भिलेन्स संयन्त्र विकास गर्नुपर्ने र नियमविपरीत कार्य गर्नेहरूलाई ऐनअनुसार कडा जरिवाना तथा कारबाही गरी सार्वजनिक गर्नुपर्ने माग गरिएको छ।

लगानीकर्ताहरूले पुँजी बजारलाई सीमित व्यक्तिको नियन्त्रणबाट मुक्त गराई ‘फेयर मार्केट प्राक्टिस’ कायम गर्न सेबोनले अविलम्ब कठोर कदम चाल्ने विश्वास व्यक्त गरेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.