मंगलवार, असार ९,२०८३ 03:57:06
Bizshala
  • मंगलवार, असार ९,२०८३ 03:57:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रिज लाइन इनर्जीको आईपीओ बाँडफाँड: स्थानीयले अधिकतम ६०० कित्तासम्म पाए, वैदेशिक रोजगारीमा रहेका अधिकांशको हात खाली

Laxmi Sunrise Bank Limited
रिज लाइन इनर्जीको आईपीओ बाँडफाँड: स्थानीयले अधिकतम ६०० कित्तासम्म पाए, वैदेशिक रोजगारीमा रहेका अधिकांशको हात खाली

काठमाण्डौ । गोरखा र लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि रिज लाइन इनर्जीले निष्काशन गरेको सेयरमा सबै योग्य आवेदकले सेयर पाएका छन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीमध्ये ठूलो संख्याले सेयर प्राप्त गर्न असफल भएका छन्।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई लक्षित गर्दै गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाका सबै वडा, लमजुङको दूधपोखरी गाउँपालिकाका वडा नम्बर १, २ र ३ तथा दोर्दी गाउँपालिकाका वडा नम्बर ४, ५ र ६ का स्थानीयका लागि कुल ११ लाख ८५ हजार कित्ता सेयर निष्काशन गरेको थियो। पुस २८ गतेसम्म खुला रहेको उक्त निष्काशनमा ४ हजार ६९ जनाले आवेदन दिएका थिए।

New Office
CG Motors
Garima Development Bank

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार तीमध्ये ४ हजार ४३ जनाको आवेदन योग्य ठहरिएको छ। योग्य ठहरिएका सबै आवेदकले सेयर प्राप्त गरेका छन्। १० कित्तादेखि ५५० कित्तासम्म माग गर्ने आवेदकले मागअनुसारकै सेयर पाएका छन् भने ६०० कित्तादेखि २० हजार कित्तासम्म आवेदन दिएका आवेदकलाई समान रूपमा ५९० कित्ता सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएको छ ।

यसैगरी, सो समूहभित्र गोलाप्रथामार्फत थप १० कित्ता सेयर वितरण गरिएकोमा ५५३ जना सफल भएका छन्। यससँगै आयोजना प्रभावित स्थानीयतर्फ अधिकतम ६०० कित्तासम्म सेयर पाएका छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उता, श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको १ लाख ४२ हजार २०० कित्ता सेयरमा भने माग अत्यधिक देखिएको छ। यस समूहअन्तर्गत कुल ७८ हजार ३४६ जनाले आवेदन दिएका थिए, जसमध्ये ७० हजार ७७८ जनाको आवेदन योग्य ठहरिएको छ।

मागभन्दा धेरै आवेदन परेपछि गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएकोमा १४ हजार २२० जनाले मात्र १० कित्ताका दरले सेयर पाएका छन्। बाँकी अधिकांश योग्य आवेदक भने सेयर प्राप्त गर्नबाट वञ्चित भएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.