सोमबार, कार्तिक २,२०८३ 03:52:02
  • सोमबार, कार्तिक २,२०८३ 03:52:02
Global IME Bank Limited

मेरोमाइक्रोफाइनान्स लघुवित्तको नाफा २३% ले वृद्धि, खराब कर्जा अनुपात उल्लेख्य बढ्यो

Bizshala
मेरोमाइक्रोफाइनान्स लघुवित्तको नाफा २३% ले वृद्धि, खराब कर्जा अनुपात उल्लेख्य बढ्यो
New Office

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा सामान्य सुधार आएको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्म ९ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा २३.८३ प्रतिशतले धेरै हो ।  

अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाले ७ करोड ९५ लाख खुद नाफा आर्जन गरेको थियो ।  

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ७.५४ प्रतिशतले बढेको छ । संस्थाले ५४ करोड ४५ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी पनि ४ करोड २१ लाखबाट बढेर ४ करोड ८५ लाख रुपैयाँ पुगेको छ । संस्थाको खुद सञ्चालन आम्दानी ५१ करोड ८२ लाख र सञ्चालन खर्च ३७ करोड ७५ लाख रुपैयाँ रहेको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

अघिल्लो आवमा ८ करोड ५५ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ १४ करोड ७३ लाख पुगेको छ । संस्थाको रिजर्भको आकार पनि ६० करोड ५९ लाखबाट बढेर ६४ करोड ४१ लाख पुगेको छ ।  

४ अर्ब २४ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले १४ अर्ब ७३ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा अनुपात ७.७८ प्रतिशतबाट बढेर १९.५४ प्रतिशत पुगेको छ । इम्पेयरमेन्ट चार्जका लागि संस्थाले ७ करोड ५१ लाख रुपैयाँको व्यवस्था गरेको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै संस्थाको वितरणयोग्य मुनाफा १४ करोड ७३ लाख रुपैयाँ रहेको छ भने लाभांश क्षमता १०.३९ प्रतिशत रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१३.८८ रुपैयाँ,प्रतिसेयर  नेटवर्थ १५५.७८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १६५.३६ रुपैयाँ,मूल्य आम्दानी अनुपात ५२.६५ गुणा र तरलता अनुपात ११.१२ प्रतिशत कायम भएको छ । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.