बुधबार, चैत्र ४,२०८२ 12:35:37
Bizshala
  • बुधबार, चैत्र ४,२०८२ 12:35:37
Bizshala
Global IME Bank Limited

विद्युत बिक्री आम्दानीसँगै बढ्यो सिंगटी हाईड्रोको नाफा, ईपीएस कति ?

Hyundai Nepal
विद्युत बिक्री आम्दानीसँगै बढ्यो सिंगटी हाईड्रोको नाफा, ईपीएस कति ?
Shivam Cement

काठमाण्डौ ।  सिंगटी हाईड्रो इनर्जी लिमिटेडको विद्युत बिक्री आम्दानी र नाफामा सुधार आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीले १९ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको दोस्रो त्रैमासको तुलनामा ३७.८८ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनी १४ करोड २८ लाख खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले विद्युत बिक्रीमार्फत ४५ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले विद्युत बिक्रीमार्फत ४३ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको थियो ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीको कुल खर्च भने घटेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म २८ करोड ७३ लाख रहेको कुल खर्च घटेर २४ करोड ८० लाखमा सीमित बनेको छ ।  

कम्पनीको सञ्चित नाफा १९ करोड २५ लाख रहेको छ । जुन अघिल्लो आवमा १ करोड ८० लाखमा सीमित थियो । यस्तै कम्पनीले सेयर प्रिमियम शिर्षकमा २५ करोड ११ लाख रुपैयाँ छुट्टाएको छ । ३५ करोड २४ लाख रुपैयाँ कुल चालु सम्पत्ति भएको कम्पनीको कुल चालु दायित्व ४८ करोड ६० लाख रहेको छ ।    

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१३.५८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११५.३० रुपैयाँ, तरलता अनुपात ०.७३ प्रतिशत, मूल्य आम्दानी अनुपात २०.४० गुणा र रिटर्न अन इक्विटी ५.८९ प्रतिशत रहेको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.