बुधबार, चैत्र ४,२०८२ 12:36:35
Bizshala
  • बुधबार, चैत्र ४,२०८२ 12:36:35
Bizshala
Global IME Bank Limited

बाराही हाईड्रोपावरको नाफा ३२% ले घट्यो, रिजर्भ पनि ऋणात्मक

Hyundai Nepal
बाराही हाईड्रोपावरको नाफा ३२% ले घट्यो, रिजर्भ पनि ऋणात्मक
Shivam Cement

काठमाण्डौ । बाराही हाईड्रोपावर पब्लिक लिमिटेडको प्रशासनिक खर्च बढ्दा नाफामा कमी आएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले २३ लाख २९ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३२.५० प्रतिशतले कम हो ।

अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३४ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीले विद्युत बिक्रीमार्फत २ करोड ६ लाख आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीमार्फत २ करोड ५ लाख आर्जन गरेको थियो । कम्पनीले सञ्चालन खर्च घटाएको छ । अघिल्लो आवमा ८ लाख ८८ हजार रुपैयाँ रहेको सञ्चालन खर्च ४ लाख ७६ हजारमा सीमित बनेको छ । यो अवधिमा प्रशासनिक खर्च भने २८ लाख २६ हजारबाट बढेर ३१ लाख ३१ हजार रुपैयाँ पुगेको छ ।  

यस्तै कम्पनीको वित्त खर्च १ करोड १ लाखबाट घटेर ८३ करोड ७१ लाखमा सीमित बनेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको चुक्तापूँजी २५ करोड रुपैयाँ छ भने रिजर्भको आकार १२ करोड २१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ७ करोड ६५ लाख र कुल चालु दायित्व ५ करोड ७५ लाख रुपैयाँ छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(त्रैमासिक)०.९३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ५१.१२२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४७.२८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५९६.५९ गुणा र तरलता अनुपात १.३३ प्रतिशत कायम छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.