काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आवको सोही अवधिसँग तुलना गर्दा १३.६१ प्रतिशतले घटेको हो। अघिल्लो आवमा संस्थाले ४ करोड ३१ लाख रुपैयाँको नाफा कमाएको थियो।
संस्थाको खुद ब्याज आम्दानी यस अवधिमा २० करोड २८ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो आवको तुलनामा १६.५४ प्रतिशत बढी हो। संचालन आम्दानी २१ करोड ८९ लाख र सञ्चालन मुनाफा ४ करोड ८० लाख रुपैयाँ पुगेको छ। तर सञ्चालन खर्च पनि बढेर १७ करोड ८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवमा १६ करोड ४९ लाख रुपैयाँ थियो।
संस्थाले रिटेन्ड अर्निङमा वृद्धि गरेको छ, जसले ११ करोड ३३ लाख रुपैयाँबाट १६ करोड ८६ लाख रुपैयाँ पुगेको छ। तर रिजर्भको आकार घटेर ३५ करोड ८६ लाख रुपैयाँबाट २८ करोड ८ लाख रुपैयाँमा सीमित भएको छ।
यस अवधिमा संस्थाले २ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन र ६ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। इम्पेयरमेन्ट चार्जका लागि १ करोड ९१ लाख रुपैयाँको व्यवस्था गरिएको छ। संस्थाको खराब कर्जा अनुपात ४.३५ प्रतिशतबाट बढेर १८.४८ प्रतिशत पुगेको छ।
वितरणयोग्य मुनाफा २ करोड ८८ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) २७.९९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २६८.७२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २,७२९.६७ रुपैयाँ र तरलता अनुपात १२.४६ प्रतिशत कायम रहेको छ।

