काठमाण्डौ । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ४ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको तुलनामा २.९४ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले ४ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्रीबाट ७ करोड ३९ लाख आर्जन गरेको छ । जुन रकम अघिल्लो आवको ७ करोड १९ लाखको तुलनामा बढी हो ।
कम्पनीको चुक्तापूँजी ४२ करोड ३१ लाख रुपैयाँ रहेकोमा रिभर्ज फण्डको आकार १०.८६ प्रतिशतले घटेर ९ करोड २० लाखमा सीमित बनेको छ । कम्पनीको कुल चालु सम्पत्ति १२ करोड ६१ लाख र कुल चालु दायित्व १२ करोड २१ लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २१.१४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२१.७६ रुपैयाँ, पीई रेसियो २१.२१ गुणा, तरलता अनुपात २.०१ प्रतिशत र आरओए १४.०४ प्रतिशत कायम भएको छ ।

