काठमाण्डौ । सिईडिबी होल्डिङ्स लिमिटेडले आम्दानीमा सुधार गर्दै नाफा बढाएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ३१ करोड ५६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५०.६४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २० करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यो अवधिमा कम्पनीले ३२ करोड ५८ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । यस्तो रकम अघिल्लो आवमा २३ करोड १ लाख रुपैयाँमा सीमित थियो ।
कम्पनीको रिटेन्ड अर्निङ ६० करोड ४ लाख रुपैयाँबाट बढेर १ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । १ अर्ब ३ करोड बढी चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ६२ करोड ७१ लाख र कुल चालु दायित्व ८३ लाख ७२ हजार रुपैयाँ रहेको छ । कम्पनीसँग भएको लगानीयोग्य रकमलाई मुद्दती खातामा राखिएकाले कम्पनीको नगद मौज्दात तथा तरलता बढेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)६१.०३ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ २४०.८७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २४७.९३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३७.७७ गुणा रहेको छ ।

