आईतवार, आश्विन ११,२०८३ 08:36:45
Bizshala
  • आईतवार, आश्विन ११,२०८३ 08:36:45
Bizshala
Global IME Bank Limited

इजरायलको सेयरबजारमा तीव्र वृद्धि, डलरको तुलनामा शेकेल पनि बलियो बन्दै

इजरायलको सेयरबजारमा तीव्र वृद्धि, डलरको तुलनामा शेकेल पनि बलियो बन्दै
New Office

काठमाण्डौ । इरानविरुद्ध अमेरिका र इजरायलले शनिबारदेखि संयुक्त सैन्य कारबाही सुरु गरेपछि पहिलो कारोबार दिन सोमबार इजरायलको सेयर बजार तीव्र रूपमा उकालो लागेको छ भने राष्ट्रिय मुद्रा शेकेल अमेरिकी डलरको तुलनामा मजबुत बनेको छ।

ब्लु–चिप सूचकांक तेल अभिभ ३५ इन्डेक्स ४.६ प्रतिशतले बढेर बन्द भयो भने फराकिलो बजार समेट्ने टीए–१२५ इन्डेक्स ४.८ प्रतिशतले उकालो लाग्यो। ऊर्जा, वित्त तथा रक्षा क्षेत्रका कम्पनीहरूको सेयरमा उल्लेख्य वृद्धि देखिएको छ।

सरकारी ऋणपत्रको मूल्य सामान्य रूपमा घटे पनि शेकेल अमेरिकी डलरको तुलनामा १.५ प्रतिशतले बलियो बन्दै गत महिना पुगेको करिब ३० वर्षयताकै उच्च स्तर नजिक पुगेको छ। विगत एक वर्षमा शेकेल करिब २० प्रतिशतले मजबुत भइसकेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

रिशोन लेजियोनस्थित कलेज अफ म्यानेजमेन्टकी वित्त अध्ययन प्रमुख गाली इन्गबरका अनुसार लगानीकर्ताहरूले हाल सबैभन्दा आशावादी परिदृश्यलाई मूल्याङ्कन गरिरहेका छन् । उनका अनुसार यस्तो अवस्था आएमा इजरायलको जोखिम प्रिमियम घट्न सक्ने, आर्थिक वृद्धिदर बढ्न सक्ने, ब्याजदर थप घट्न सक्ने र बजेट घाटा क्रमशः नियन्त्रणमा आउन सक्नेछ।

गत साता इरानसँगको सम्भावित द्वन्द्वका कारण बैंक अफ इजराउलले लगातार दुई पटक ब्याजदर कटौती गरेपछि पनि दर यथावत् राखेको थियो, यद्यपि मुद्रास्फीति दबाब कम हुँदै गएको संकेत देखिएको थियो।

युनियन इन्भेस्टमेन्ट प्राइभाटफोन्ड्सका पोर्टफोलियो प्रबन्धक सर्गेई डेर्गाचेभले इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार जारी राखे पनि यसले इजरायली बैंकहरूको साख वा स्प्रेडमा ठूलो असर नपार्ने विश्वास व्यक्त गरेका छन् ।

यसबीच वित्त मन्त्रालयले साप्ताहिक ऋणपत्र लिलामीमार्फत ३.३ अर्ब शेकेल (करिब १.०७ अर्ब अमेरिकी डलर) बराबरको सरकारी ऋण बिक्री गरेको जनाएको छ। लिलामीमा करिब २० अर्ब शेकेल बराबरको माग परेको थियो। स्थानीय बैंकहरूसँगै बारेक्लेज, गोल्डम्यान स्याक्स, बैंक अफ अमेरिका, जेपी मोर्गान चेस, बीएनपी परिबस,दुत्से बैंक र सिटी ग्रुपले समेत सहभागिता जनाएका थिए।

यद्यपि केही विश्लेषकहरूले मुद्रा बजारमा देखिएको मजबुती दिगो नहुन सक्ने चेतावनी दिएका छन्। जेपी मोर्गन चेसका अनुसार इरानको सीमित सैन्य क्षमताका कारण इजरायलमाथिको प्रत्यक्ष जोखिम केही हदसम्म न्यून भए पनि इरान र लेबनानमा द्वन्द्व लम्बिन सक्ने सम्भावनालाई बजारले पर्याप्त रूपमा मूल्याङ्कन नगरेको हुन सक्छ। बैंकले दीर्घकालीन संलग्नताले राजकोषीय अवस्था, श्रम बजार तथा अन्य समष्टिगत आर्थिक सूचकहरूमा दबाब पर्न सक्ने जनाएको छ।

सोमबार अमेरिका–इजरायलको हवाई आक्रमण विस्तार हुँदै जाँदा इजरायलले लेबनानमा पनि हमला गरेको बताइएको छ, जसले क्षेत्रीय तनावलाई थप चर्काएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.