आईतवार, फाल्गुन ११,२०८१ 01:01:30
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 01:01:30
IME remit
Global IME Bank Limited

नेपाल लाइफ इन्स्योरेन्सद्वारा नयाँ बोनस दर कायम, अधिकतम ८५ रुपैयाँसम्म प्रदान गरिने

Hyundai Nepal
नेपाल लाइफ इन्स्योरेन्सद्वारा नयाँ बोनस दर कायम, अधिकतम ८५ रुपैयाँसम्म प्रदान गरिने
Nabil Bank Limited

 

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम ५० रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस निर्धारण गरेको छ ।  

 

Shivam Cement
CG Motors
Sagarmatha Cement

कम्पनीले सावधिक तथा सामूहिक जीवन बीमालेख(सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावधिक लघु केटाकेटी, सूनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा , जीवन लक्ष्मी,अनमोल जीवन,जीवन उदय एकल) अन्तर्गत १० वर्षे अवधिसम्मका लागि ६० रुपैयाँ, ११ देखि १५ वर्ष अवधिसम्मका लागि ६० रुपैयाँ,१६ देखि २० वर्षका लागि ६० रुपैयाँ २१ देखि २५ वर्षका लागि ७० रुपैयाँ, २६ देखि ३० वर्ष अवधिका लागि ८२ रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि पनि ८२ रुपैयाँ बोनस दर कायम गरेको छ।  

यस्तै अग्रिम भुक्तानी सावधिक बीमालेख(धनवर्षा १५ वर्ष, धन वर्षा २० वर्ष नौलो धन वर्षा, जीवन उन्नती, जीवन शान्ती, छोराछोरी र सदावहार जीवन) अन्तर्गतका सबै बीमा अवधिका लागि ५० रुपैयाँ बोनस दर निर्धारण गरेको छ।  

कम्पनीले अग्रिम भुक्तानी(जीवन सम्वृद्धि)बीमालेख अन्तर्गत १५ वर्षे अवधिका लागि ५० रुपैयाँ र २० वर्षे अवधिका लागि ५० रुपैयाँ बोनस दर कायम गरेको छ।  

सावधिक तथा आजीवन(जीवन सहारा)बीमालेख अन्तर्गत १० वर्षे अवधि सम्मका लागि ६० रुपैयाँ ११ देखि १५ वर्ष अवधिका लागि ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि ६० रुपैयाँ, २१ देखि २५ वर्ष अवधिका लागि ७० रुपैयाँ र २६ देखि ३० वर्षे अवधिका लागि ८२ र ३० भन्दा माथि अवधिका लागि पनि ८२ रुपैयाँ बोनस दर कायम गरेको छ।  

यस्तै सावधिक जीवन बीमालेख(जीवन सम्मुन्नत) अन्तर्गतको १० वर्षे अवधिका लागि ५६ रुपैयाँ,११ देखि १५ वर्ष अवधिका लागि ५६ रुपैयाँ,१६ देखि २० वर्ष अवधिका लागि ५६ रुपैयाँ,२१ देखि २५ ६० रुपैयाँ, २६ देखि ३० वर्षका लागि ७० रुपैयाँ र ३० भन्दा माथि पनि ७० रुपैयाँ बोनस तोकेको छ ।  

अन्य जीवन बीमालेख(जीवन सारथी) अन्तर्गतको १० वर्षे अवधिका लागि ६२ रुपैयाँ,११ देखि १५ वर्ष अवधिका लागि ६२ रुपैयाँ,१६ देखि २० वर्ष अवधिका लागि ६२ रुपैयाँ, २१ देखि २५ वर्षका लागि ७२ रुपैयाँ,२६ देखि ३० वर्षका लागि ८५ रुपैयाँ र ३० वर्षभन्दा माथिको अवधिका लागि पनि ८५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।      

कम्पनीले आगामी बीमांकिय मूल्यांकन नभएसम्मका लागि अन्तरिम बोनस दर उपरोक्त बोनस दर बमोजिम कायम गरिएको जनाएको छ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.