काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले समानुपातिकतर्फ ३० लाख बढी मत कटाएको छ ।
निर्वाचन आयोगका अनुसार ६२ लाख ६५ हजार ६९८ मत गणना हुँदाको अवस्थामा रास्वपाले ३० लाख ६४ हजार ४३३ मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेसले पनि १० लाख ३३ हजार ३६८ मत प्राप्त गरेको छ । प्रत्यक्षमा झै समानुपातिकमा पनि कांग्रेस दोश्रो स्थानमा छ ।
नेकपा एमालेले ८ लाख ८६ हजार ३९७ मत प्राप्त गरेको छ ।
४ लाख ३२ हजार ९६४ मतसहित नेकपा चौथो स्थानमा देखिएको छ ।
२ लाख १८ हजार २६८ सहित राप्रपा पाँचौ र १ लाख ७४ हजार ६२४ मतसहित श्रम संस्कृति पार्टी छैठौं स्थानमा छ।
जनता समाजवादी पार्टी नेपालले ८४ हजार बढी, राष्टिय परिवर्तन पार्टीले ७२ हजार बढी, नेपाल मजदूर किसान पार्टीले ३७ हजार बढी मत ल्याएको छ ।

