बुधबार, बैशाख २,२०८३ 09:03:36
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 09:03:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जनताको अधिकारको पक्षमा इमानदारितापूर्वक काम गर्नेछु : मनिष खनाल

Bizshala
जनताको अधिकारको पक्षमा इमानदारितापूर्वक काम गर्नेछु : मनिष खनाल
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभाको निर्वाचनमा नवलपुर क्षेत्र नम्बर २ बाट बिजयी भएका मनिष खनालले न्याय, सुशासन र जनताको अधिकारको पक्षमा इमानदारितापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।    

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

खनाल आफैं जेनजी युवा भएका कारण भदौ २३ गते आन्दोलनमा शरिद भएकाहरुको सपना र त्यागलाई सम्मान गर्दै न्याय र सुशासनको पक्षमा काम गर्ने बताएका हुन् ।

उनले नवलपुर क्षेत्र नं. २ बाट कुल ४१ हजार ३४७  मत ल्याएर बिजयी भएका हुन् ।

CG Motors
Garima Development Bank
IME remit

सामाजिक सञ्जाल फेसबुकमा लामो पोष्ट राख्दै उनले भनेका छन्, ‘नवलपुर–२ को यो ऐतिहासिक विजय र ममाथि देखाउनुभएको प्रगाढ विश्वासका लागि म हृदयदेखि आभारी छु। यो विजय मेरो व्यक्तिगत सफलता होइन परिवर्तनको पक्षमा उभिएका सम्पूर्ण नवलपुरवासीको साझा जीत हो ।

यो चुनाव सामान्य परिस्थितिमा भएको चुनाव थिएन । देश कठिन समय र राजनीतिक अन्योलताबाट गुज्रिरहेको बेला तपाईंहरूले परिवर्तनको पक्षमा साहसी निर्णय गर्नुभएको छ । यस ऐतिहासिक निर्णयले नेपाली जनताको विवेक, साहस र लोकतन्त्रप्रतिको आस्थालाई पुनः एकपटक प्रमाणित गरेको छ ।

यस महत्वपूर्ण क्षणमा म जेन–जी विद्रोहका महान शहीदहरू तथा लोकतन्त्र, न्याय र स्वतन्त्रताका लागि आफ्नो जीवन अर्पण गर्ने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। घाइते योद्धाहरूको त्यागलाई म सधैं स्मरण गरिरहनेछु । ४१,३४७ मत केवल मेरो पक्षमा परेको मत होइन । यो नयाँ पुस्ताको आवाज हो, आशाको मत हो, र स्वच्छ तथा उत्तरदायी राजनीति चाहने जनताको स्पष्ट अभिमत हो । 

हाम्रो समाजमा लामो समयदेखि फैलाइएको, राजनीति गर्न पैसा चाहिन्छ, पहुँच चाहिन्छ र सामान्य परिवारबाट आएको मानिसले चुनाव जित्न सक्दैन भन्ने भ्रमलाई तपाईंहरूले तोड्नुभएको छ । सामान्य परिवारमा हुर्किएको एउटा भुईँमान्छेले पनि निष्ठा, इमानदारीता र जनविश्वासका बलमा चुनाव जित्न सक्छ भन्ने विश्वास पुनः स्थापित भएको छ। यो परिणामले जनता सार्वभौम र विवेकी छन् भन्ने सत्यलाई फेरि प्रमाणित गरेको छ ।

भाद्र २३ मा राज्यको अकर्मण्यताका कारण हत्या गरिएका हाम्रा साथीहरूको तस्बिर हाम्रो हृदयमा ताजा छन् । उनीहरूको सपना र त्यागलाई सम्मान गर्दै म सधैं न्याय, सुशासन र जनताको अधिकारको पक्षमा इमानदारीपूर्वक काम गर्ने प्रण गर्दछु ।  

संसदमा पुग्नु मात्र ठूलो कुरा होइन त्यहाँ पुगेर जनताको आवाजलाई निर्भीक रूपमा उठाउनु र देशका लागि सही नीतिनियम निर्माणमा इमानदारीपूर्वक योगदान दिनु नै मेरो वास्तविक जिम्मेवारी हुनेछ ।

म एउटा दलको प्रतिनिधि मात्र होइन, नवलपुर क्षेत्र नं. २ का सम्पूर्ण जनताको साझा प्रतिनिधि हुँ । आगामी पाँच वर्ष पद र प्रतिष्ठाका लागि होइन, सेवा, उत्तरदायित्व, जवाफदेहिता र नयाँ राजनीतिक संस्कारको निर्माणका वर्षहरू हुनेछन् । तपाईंहरूले दिएको विश्वासलाई म शब्दले होइन, कर्मले प्रमाणित गर्नेछु ।

पुनः एकपटक, मप्रति विश्वास गर्ने सम्पूर्ण मतदाता, सिङ्गो राष्ट्रिय स्वतन्त्र पार्टी पंक्ति, शुभेच्छुक र सहयोगीहरूप्रति नतमस्तक हुँदै कृतज्ञता व्यक्त गर्दछु। यात्रा भर्खर सुरु भएको छ । तपाईंहरूको साथ, सुझाव र मार्गदर्शन सधैं अपेक्षित रहनेछ ।’

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.