बिहीबार, चैत्र ५,२०८२ 03:36:24
Bizshala
  • बिहीबार, चैत्र ५,२०८२ 03:36:24
Bizshala
Global IME Bank Limited

हाइड्रो समूहमा देखियो चमक, किन बढ्दैछ आकर्षण ?

Hyundai Nepal
हाइड्रो समूहमा देखियो चमक, किन बढ्दैछ आकर्षण ?
Shivam Cement

काठमाण्डौ । पछिल्लो समय हाइड्रो सेक्टरमा व्यापक चमक देखिएको छ । सेयरबजारमा यतिबेला सेक्टर रोटेसनका क्रममा हाइड्रो समूहमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।  

सेयरबजारमा सेक्टर रोटेसन एउटा स्थापित रणनीती हो, जहाँ लगानीकर्ताले आर्थिक चक्रअनुसार आफ्नो पूँजी फरक–फरक समूहमा सार्ने गर्छन् । अहिले सेयरबजारमा यही ट्रेन्ड हाइड्रो सेक्टरमा स्पष्ट देखिएको छ ।  

लामो समयसम्म ओझेलमा परेको जलविद्युत समूह अहिले बजारको ‘स्टार’ बनेको छ । केही कम्पनीमा लगानी गर्नेहरुले छोटो अवधिमै उल्लेखनीय मुनाफा कमाएका छन्, जसले थप लगानीकर्तालाई आकर्षित गरिरहेको छ ।

नेप्सेको डेली फ्लोरसिट हेर्दा गेनर र टर्नओभरको शीर्ष सूचीमा दैनिकजसो हाइड्रो कम्पनीहरुको वर्चस्व देखिन्छ ।

आजको मार्केट हेर्दा हालसम्म हाइड्रो समूह सर्वाधिक २.९४ प्रतिशतले बढेको छ । यो समाचार तयार पार्दासम्म ८८ हाइड्रोको सेयरभाउ बढेको छ भने ९ कम्पनीको घटेको छ । त्यस्तै, एकको सेयरभाउ भने स्थिर रहेको छ ।  

नेप्सेको चार्टमा हेर्दा टप १० टर्नओभरको लिस्टमा सबै हाइड्रो कम्पनी नै छन् । यस हिसाबमा पनि हाइड्रोमा लगानीकर्ताको आकर्षण बढेको प्रष्ट देखिन्छ । हालसम्म सर्वाधिक कारोबार भएका टप १० हाइड्रोहरुमा अप्पर तामाकोशी, आँखु खोला जलविद्युत, नेशनल हाइड्रोपावर, अरुण काबेली, ङादी ग्रुप पावर, रिडी हाइड्रोपावर, अपि पावर, शिवश्री हाइड्रो, हिमाल दोलखा हाइड्रोपावर र बलेफी हाइड्रो रहेका छन् ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

हाइड्रोमा किन बढ्दैछ आकर्षण ?  

पछिल्लो समय बजारमा दीर्घकालिन भन्दा अल्पकालिन रुपमा लगानी गर्ने लगानीकर्ता वा ट्रेडरहरु हाबी छन् । त्यस्ता लगानीकर्तामा छोटो समयमै मुनाफा गर्न चाहाने र थोरै प्रतिशत मुनाफा आएपनि सेयर बेच्ने प्रवृत्ति हावी हुन्छ ।  

विशेषगरी अल्पकालिन लगानीकर्ताहरुले बढी मिड क्याप वा लो क्याप भएका कम्पनीहरु बढी सेयर खरिदबिक्रीका लागि छान्ने गर्छन् ।  

नेप्सेमा अहिले ९८ वटा हाइड्रोपावर कम्पनी सूचीकृत छन् र अधिकांश कम्पनी लो क्याप वा मिड क्याप कम्पनीअन्तर्गत पर्छन् । सर्ट टर्म वा मिड टर्ममा लगानी गर्न चाहानेहरुले बढी हाइड्रोपावर कम्पनी नै रोज्ने भएकाले अहिले हाइड्रो समूहको वर्चस्व देखिएको हो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

चुनावपछि नेपाली सेयरबजारमा एक खालको उर्जा देखिएको छ । वर्षौदेखि स्थिर सरकार र नीतिगत स्पष्टताको अपेक्षा गर्दै आएका सेयर लगानीकर्ताहरुमा यसपटकको जनादेशले सकारात्मक संकेत प्रदान गरेको छ ।  

चुनावपछिका दिनहरुमा सेयरबजार सकारात्मक नै रहेको सेयर विज्ञहरु बताउँछन् । साथै केही विज्ञले अबका दिनमा बजार विस्तारै माथि जाने र ३ हजार विन्दुसम्मको यात्रा तय गर्न सक्ने अनुमान पनि लगाइरहेका छन् । त्यस्तो अवस्थमा सबै समूह चल्ने भएपनि यतिबेला भने विशेष रुपमा लगानीकर्ताहरु मिड क्याप र लो क्याप कम्पनीहरुमा नै बढी केन्द्रीत देखिएका छन्, जसकारण हाइड्रो समूह चम्किन थालेको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.