काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘एसकेएचइएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।
कम्पनीको १०० रुपैयाँ अंकित मूल्य दरको कुल ६८ लाख ९६ हजार ७४४ कित्ता सेयर सूचीकृत भएको हो । जसमा ८० प्रतिशत अर्थात ५५ लाख १७ हजार ३९४ कित्ता सेयर संस्थापक सेयरधनीले लगानी गरेको र २० प्रतिशत अर्थात १३ लाख ७९ हजार ३५० कित्ता सेयर सर्वसाधारण सेयरधनीहरुमा वितरण गरिएको सेयर रहेको छ ।
नेप्सेले कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि ९४.७७ रुपैयाँदेखि २८४.३१ रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ । सोही मूल्यकै आधारमा आइतबार कम्पनीको कारोबार खुल्नेछ ।

