काठमाण्डौ । भारतको चर्चित होम अप्लाएन्स ब्रान्ड क्रम्पटनले नया ँवर्ष २०८१ लक्षित गर्दै क्रम्पटनको ‘नयाँ वर्षे जात्रा, उपहारसँग थाइलान्डको यात्रा’ नामक योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरुले क्रम्पटनका विभिन्न होम एप्लाएन्सको खरिदमा लक्की ड्र मार्फत विशेष उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजनाको लाभ चैत २३ गतेदेखि सिमित अवधिका लागि नेपाल अधिराज्य भरी सञ्चालनमा रहेका कम्पनीका अधिकृत विक्रेता कहाँ गई उठाउन सकिनेछ ।
यस योजनाको अवधि भर लक्की ड्र मार्फत हरेक साता एक ग्राहकलाई क्रम्पटनको सिलिङ्ग फ्यान उपहार, हरेक महिना एक भाग्यशाली ग्राहकलाई माइडिया को साईड–बाई–साईड रेफ्रीजेरेटर साथै बम्पर उपहार स्वरुप एक जोडीलाई थाईलान्डं जाने मौका प्रदान गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।