काठमाण्डौ । सुपरमाई हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद निष्कासन गर्न माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
कम्पनीको चैत १७ गते बसेको संचालक समितिको बैठकले कम्पनीको बोनस सेयर पश्चात् चुक्तापूँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ ।
हकप्रद निष्कासनको लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाएपछि कम्पनीले धितोपत्र बोर्डसँग अनुमति माग्नेछ ।

